नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले केपी ओलीका कारण आफूहरू पार्टी पुनर्गठन गर्नुपर्ने अवस्थामा पुगेको बताएका छन् ।
नयाँ पार्टी खोले पनि भोलिको दिनमा केपी ओलीले सबै गल्ती स्वीकार गरेमा उनीसँग एकता या सहकार्य पनि हुनसक्ने उनले बताए ।
आफूनिकट जनवर्गीय संगठनलाई मंगलवार भर्चुअल सम्बोधन गर्दै नेता नेपालले पुनर्गठन गर्ने पार्टीले सहकार्य गरे पनि तत्काल अन्य पार्टीसँग एकता नहुने बताएका हुन् ।
‘पार्टी पुनर्गठन गर्नुपर्ने अवस्थामा पुगेका छौं, फेरि आन्दोलनको झण्डा बुलन्द गरिने छ । नेपाली जनताको प्यारो शक्तिक...