काठमाडौँ उपत्यकामा डेङ्गु ज्वरोका बिरामी दैनिक बढेको पाइएको छ । नेपालमा अहिले मुख्य काठमाडौँ, ललितपुर र रुपन्देही जिल्लामा सबभन्दा बढी डेँगुका बिरामी पाइएको छ । ती जिल्लाका अस्पतालमा डेँगुको उपचारका लागि बिरामीको चाप पनि बढेको छ । विशेष गरी साँझ–बिहानको समयमा सक्रिय हुने सफा मौसममा र जमेको पानीमा बस्ने ‘एडिज एजिप्टी र एडिस एल्बोपिक्टस’ प्रजातिको …