काठमाण्डाै – नेकपा एमालेका महासचिव शंकर पोखरेलले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड देशको पक्षमा उभिन नसक्ने अवस्थामा पुगेको टिप्पणी गर्नुभएकाे छ । विगतमा मानवताविरुद्धको अपराध गरेका कारण प्रधानमन्त्री प्रचण्ड देश र नागरिककाे पक्षमा उभिनै नसक्नेगरी कायरता प्रदर्शन गर्न पुग्नुपरेको उहाँकाे तर्क छ ।
२४ औँ यदु स्मृति दिवसको अवसर पारेर आइतवार काठमाण्डाैमा आयोजित एक कार्यक्रममा बोल्दै महासचिव पाेखरेलले विगतमा अवलम्बन गरेको उग्रवामपन्थी अतिवादका कारण प्रधानमन्त्री प्रचण्डसँग देशलाई सही बाटोमा हिँडाउन...