कात्तिक ११, काठमाडौं । युनिलिभर नेपालको आज (बिहीवार) वार्षिक साधारण सभा हुँदैछ ।
सभा कम्पनीको कर्पोरेट कार्यालय सिटी स्क्वेयर बिल्डिङ नयाँ बानेश्वर, काठमाडौंमा भर्चुअल अर्थात् भिडियो कन्फरेन्समार्फत दिउँसो ३:४५ बजेदेखि शुरु हुनेछ ।
सभाले सञ्चालक समितिले सिफरिस गरे बमोजिम अर्थात् प्रतिशेयर ६५० रुपैयाँ नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।
त्यस्तै, सभाले आर्थिक वर्ष २०७७/७८ को वार्षिक प्रतिवेदनमा छलफल, सोही आर्थिक वर्षको नाफा नोक्सान, नगद प्रवाहमा पनि छलफल गर्नेछ ।
यसका साथै कम्पनीको संगठित सामाजिक जिम्मेवारी अन्तर्गतका परियोजनाहरुको खर्चहरु पारित गर्ने, सर्वसाधारण सेयरधनीहरुको प्रतिनिधित्व गर्ने निर्देशक नियुक्त गर्नेलगायतका प्रस्तावहरु पनि पारित गर्नेछ ।
साधारण सभा तथा लाभांश प्रयोजनका लागि कम्पनीले असोज २५ गतेदेखि कात्तिक ११ गतेसम्म बुक क्लोज गरेको छ ।