कमला नदीको पुल पुनर्निर्माणको माग गर्दै सिरहा प्रशासनमा धर्ना

सिरहा हुलाकी सडक अन्तर्गत सिरहा–धनुषा जोड्ने कमला नदीको पुल पुनर्निर्माणको माग गर्दै हुलाकी सडक सङ्घर्ष समितिले जिल्ला प्रशासन कार्यालय सिरहामा आज सोमबार धर्ना दिएका छन् । उद्घाटनको लागि ठिक्क पारिएको भनिएको पुल भासिएको १८ महिना बितिसक्दा पनि पुनर्निर्माणमा बेवास्ता गरेको भन्दै प्रशासन कार्यालयमा धर्ना दिएका हुन्।धर्नापश्चात् सङ्घर्ष समितिका संयोजक समेत रहेका लेखक तथा सामाजिक अभियन्ता रामरिझन यादवले आ–आफ्नै प्रकारले कमलाको पुल बन्नु पर्छ भनेर लेख्न र बोल्ने गरे पनि अझै संयुक्त आवाज ब

सम्बन्धित सामग्री

११ वर्षसम्म कमला पुल नबनेपछि स्थानीय आन्दोलित, सिरहा बजार बन्द

जनकपुरधाम । हुलाकी सडकअन्तर्गत धनुषा-सिरहा जोड्ने कमला नदीको पुल पुनर्निर्माणमा ढिलासुस्ती भइरहेको भन्दै सिरहामा आन्दोलन सुरू भएको छ । पुल पुनर्निर्माण गर्न निर्माण कम्पनीले गरिरहेको ढिलासुस्तीविरुद्ध कमला पुल निर्माण संघर्ष समिति सिरहाले आन्दोलन थालेको हो । समितिले बिहानदेखि नै सिरहा बजार बन्द गराएको छ । पुल निर्माण थालिएको करिब ११ वर्षपछि ९९ प्रतिशत काम सकेको […]

निर्माणाधीन कमला पुल भाँचिएको एक वर्षदेखि जस्ताको तस्तै, स्थानीयबासी समस्यामा

१७ असार, जनकपुरधाम । मधेशको मेरुदण्डको रुपमा रहेको हुलाकी राजमार्ग अन्तर्गत निर्माणाधीन कमला नदीको पुल  भाँचिएको एक वर्ष पूरा भइसक्दा पनि काम सुरु   भएको छैन । हुलाकी राजमार्ग अन्तर्गत सिरहा र धनुषा जोड्ने कमला नदीको पुल भाँचिएपछि यहाँका स्थानीयहरु कम समयमा पुग्‍नु पर्ने ठाउँमा पनि धेरै समय लगाएर जानु पर्ने बाध्‍यता रहेको बताएका छन् । […]

नदीमा पुल बनेपछि स्थानीयवासी हर्षित

जनकपुर- लामो समयको प्रतीक्षा पश्चात् पूर्व–पश्चिम हुलाकी राजमार्गअन्तर्गत सिरहा र सप्तरीको सीमा जोडिएको बलान नदीमा पुल निर्माण भएपछि स्थानीयवासी हर्षित बनेका छन् ।हुलाकी सडकअन्तर्गत सिरहा र सप्तरीलाई जोड्ने बलान नदी पुल निर्माण भएर सञ्चालनमा आएपछि आवागमनमा सहज भएसँगै स्थानीयबासीमा उत्साह बढ्ेको हो । विगत एक दशकदेखि निर्माणाधीन बलान नदीको पुल निर्माण कम्पनीको लापरबाहीका कारण अलपत्र […]

कमला नदीको पुल फेरि भासियो

सिरहा जोड्ने कमला नदीको पुल फेरि भासिएको छ । दुई दिनदेखि भइरहेको अबिरल वर्षाले नदीमा बढेको पानीको बहाव थेग्न नसकेर पुलको पिलर भासिएको हो ।

क्षतिग्रस्त पुल ठेकेदारले नै बनाउने

काठमाडौं, असार २७ । गत साता आएको बाढीले क्षति भएको हुलाकी राजमार्गअन्तर्गत धनुषा र सिरहा जोड्ने कमला नदीको पुल सम्बन्धित ठेकेदारले नै निर्माण गर्ने भएको छ । बाढीले पुलको पूर्वतर्फको दोस्रो स्पान (पुल निर्माणको एक भाग) भासिएको थियो । सडक विभागका महानिर्देशक अर्जुनजङ्ग थापाले क्षतिग्रस्त हुलाकी राजमार्गअन्तर्गत धनुषा र सिरहा जोड्ने कमला नदीको पुल सम्बन्धित […]

क्षतिग्रस्त पुल ठेकेदारले नै बनाउने

गत साता आएको बाढीले क्षति भएको हुलाकी राजमार्गअन्तर्गत धनुषा र सिरहा जोड्ने कमला नदीको पुल सम्बन्धित ठेकेदारले नै निर्माण गर्ने भएको छ । बाढीले पुलको पूर्वतर्फको दोस्रो स्पान (पुल निर्माणको एक भाग) भासिएको थियो ।सडक विभागका महानिर्देशक अर्जुनजङ्ग थापाले क्षतिग्रस्त हुलाकी राजमार्गअन्तर्गत धनुषा र सिरहा जोड्ने कमला नदीको पुल सम्बन्धित ठेकेदारले नै निर्माण गर्नुपर्ने बताउँदै त्यसका लागि स्पष्ट निर्देशनसहित विभागले सो निर्माण कम्पनीलाई पत्र पठाइसकेको जानकारी दिए । उनले भने, “पुलको डिजाइन र नि

वर्षाले २० वटा पुल क्षतिग्रत

काठमाडौं । गत  साता  आएको    औसत  बाढीले  उद्घाटनको  तयारीमा रहेको हुलाकी राजमार्गअन्तर्गत धनुषा  र  सिरहा  जोड्ने  कमला  नदीको  पुल  भासियो  ।पुलका  १२  वटा  स्पान (पुल निर्माणको एक भाग) रहेको पुलको सिरहातर्फको दोस्रो स्पान भासिएपछि अनेक प्रश्न खडा भएका छन् । त्यसैगरी निर्माणको अन्तिम चरणमा पुगेको उदयपुरको चौदण्डीगढी नगरपालिका सिवाइस्थित त्रियुगा नदीको पक्की पुलसमेत भत्कियो ।सो पुलको एउटा स्पान नदीमा

१० वर्ष लगाएर बनाइँदै गरेको कमला पुल सञ्चालनमा नआउँदै भासियो

जनकपुरधाम : सिरहा–धनुषा जोड्ने कमला नदीको पुल सञ्चालनमा नआउँदै भासिएको छ। आज बिहानको बाढीले पुलको एउटा पिलर भासिएको हो।सञ्चालनको तयारी भइरहेको बेला पुलको एउटा पिलर भासिएको सिरहाका प्रमुख जिल्ला अधिकारी प्रदीप कँडेलले जानकारी दिए। उनका अनुसार पुलमा १२ स्पान (पिलर) रहेको छ। जसमध्ये एउटा एक फिट भासियो। पुलको निर्माण डिजाइनअनुसार काम नभएको वा डिजाइन नै गलत भएकाले भासिएको हुन सक्ने प्रजिअ कँडेल बताउँछन्। ४७० मिटर लामो पुल मात्र ४२ महिनामा बनाउने सम्झौता पप्पु कन्स्ट्रक्सनले

निर्माण नसकिँदै कमला नदीको पुलको स्पान धसियो

१७ असार, जनकपुरधाम । हुलाकी राजमार्ग अन्तर्गत सिरहा र धनुषा जोड्ने कमला नदीको पुलको स्पान धसिएको छ । बाढीका कारण निर्माणको अन्तिम चरणमा रहेको कमला नदीको पुलको एउटा स्पान धसिएको हो । सिरहाको बसपिट्टा घाटमा रहेको पुलको १२ वटामध्ये एउटा स्पान धसिएको सिरहाका प्रमुख जिल्ला अधिकारी प्रदीपराज कँडेलले बताए । एक फिटभन्दा बढी स्पान बाढीमा […]