अरुणाचल प्रदेशमा हिमपहिरो आउँदा पुरिए भारतीय सैनिक

भारत र चीनबीचको वास्तविक नियन्त्रण रेखामा आएको  हिमपहिरोमा परी सातजना भारतीय सैनिक पुरिएको खबर आएको छ ।  उक्त घटना अरुणाचल प्रदेशको कामेङ सेक्टरमा १४ हजार ५०० फीटको उचाइमा आइतवार भएको भारतीय सेनाले जनाएको छ ।  ‘खोजी र उद्धार कार्य जारी छ । विशेष टोलीहरूलाई उद्धारका लागि घटनास्थल लगिएको छ,’ भारतीय सेनाका प्रवक्ता लेफ्टिनेन्ट कर्नेल हर्षवर्धन पाण्डेले बताए ।  विगत केही दिनयता उक्त क्षेत्रको मौसम खराब छ र भारी हिमपात भएको छ ।  भारतीय सेनाको पूर्वी र उत्तरी कमान्डमा निकै ...