एमाले महासचिव पोखरेलले भने–एमालेका पक्षमा राम्रो जनमत प्रकट भएको छ

नेकपा एमालेका महासचिव शंकर पोखरेलले स्थानीय तह निर्वाचनमा एमालेको पक्षमा राम्रो जनमत प्रकट भएको बताएका छन् । महासचिव पोखरेलले आइतबार राति सामाजिक सञ्जालमार्फत सत्ताको चरम दुरुपयोगका बावजुद एमालेका पक्षमा राम्रो जनादेश प्रकट भएको  बताएका हुन् ।साथै उनले धाँधलीको विरोध गर्नु जनमतको अवज्ञा नभएको बरु रक्षा गरिएको दावी गरेका हुन् । ‘सत्ताको चरम दुरुपयोगका बावजुद एमालेका पक्षमा राम्रो जनादेश प्रकट भएको छ । धाँधलीको विरोध गर्नु जनमतको अवज्ञा होइन, रक्षा गर्नु हो’, पोखरेलले फेसबुकम