तरलता अभावका कारण उद्योग व्यवसाय ठप्प हुने अवस्थामा : उद्योगीले गराए नेपाल राष्ट्र बैंकको ध्यानाकर्षण

 पुस ७, विराटनगर । वित्तीय क्षेत्रमा तरलता अभावका कारण उद्योग व्यवसाय सञ्चालनमा कठिनाइ उत्पन्न भएको भन्दै उद्योग संगठन मोरङले नेपाल राष्ट्र बैंकको ध्यानाकर्षण गराएको छ । संगठनका अध्यक्ष सुयश प्याकुरेलको नेतृत्वमा रहेको संगठनको प्रतिनिधिमण्डलले राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई मंंगलवार उनकै कार्यकक्षमा भेटी वित्तीय क्षेत्रमा देखापरेको तरलताको अभावलाई यथाशक्य समाधान गरी उद्योग व्यवसाय सञ्चालनमा सहजीकरणका लागि अनुरोध गरेको छ ।            संगठननका अध्यक्ष प्याकुरेलले तरलताको चरम अभाव भएका कारण बैंक तथा वित्तीय संस्थाले केही समयदेखि औद्योगिक कच्चा पदार्थलगायतका वस्तुको आयातमा प्रतीतपत्र (एलसी) खोल्नसमेत कठिनाइ भएबाट औद्योगिक कच्चा पदार्थको अभावमा उत्पादन नै ठप्प पार्नुपर्ने विकराल अवस्था सृजना हुँदै गएकोतर्फ राष्ट्र बैंकको ध्यानाकर्षण गराएका हुन् ।             राष्ट्र बैंकद्धारा तोकिएका केही विलासिताका वस्तुका आयातमा प्रतीतपत्र खोल्दा शतप्रतिशत नगद मार्जिन राख्नुपर्ने व्यवस्था गरी स्वदेशी उत्पादनमूलक क्षेत्रलाई प्रोत्साहन गर्न चालेको कदम भन्दै यस प्रावधानबाट उत्पादनमूलक उद्योगहरुका औद्योगिक कच्चा पदार्थ तथा मिल मेसिनरीहरुको आयातको सहजीकरणमा मद्दत पुग्ने तर यसबाट विलासिताका वस्तुको आयातमा एकाधिकार हुनसक्नेतर्फ सचेत हुनुपर्ने सुझाव संगठननले राष्ट्र बैंकलाई दिएको छ ।             गर्भनर महाप्रसाद अधिकारीले उत्पादनमूलक उद्योगलाई आवश्यक पर्ने औद्योगिक कच्चा पदार्थलगायतका वस्तुको नियमित आपूर्तिका लागि प्रतीतपत्र खोल्न कुनै पनि कठिनाइ हुन नदिने प्रतिबद्धता व्यक्त गरे । उनले विलासिताका केही वस्तुको आयातलाई निरुत्साहित गरेको र यसबाट उत्पन्न हुनसक्ने परिणामका बारेमा राष्ट्र बैंक सचेत रहेको स्पष्ट पारे । उनले तरलता अभावबाट अर्थतन्त्रलाई बचाउन राष्ट्र बैंकले विभिन्न वित्तीय उपकरण प्रयोग गर्ने जानकारी दिए ।            उक्त अवसरमा सङ्गठनले लगातार उठाउँदै आएको उत्पादनमूलक क्षेत्रमा प्रवाह भएको र हुने कर्जाको ब्याजदर एक अङ्कमा नबढ्ने गरी (सिङ्गल डिजिट) कायम गर्नुपर्ने, पुनःकर्जा तथा विभिन्न शीर्षक र क्षेत्रमा प्रवाह गरिने सहुलियतपूर्ण कर्जाअन्तर्गतका सुविधामूलक कर्जालाई सहज र द्रुतगतिमा प्रवाह गर्ने व्यवस्था मिलाउनसमेत राष्ट्र बैंकलाई आग्रह गरेको छ । सो प्रतिनिधिमण्डलमा वरिष्ठ उपाध्यक्ष प्रदीप मुरारका, उपाध्यक्षद्वय राजकुमार गोल्छा, नन्दकिशोर राठी, कार्यसमिति सदस्य सुशील रिजाललगायतको सहभागिता थियो ।      रासस

सम्बन्धित सामग्री

मृत अवस्थामा दुई जना फेला

देशका विभिन्न स्थानबाट मृत अवस्थामा दुई फेला परेका छन् । पाल्पा, तानसेन नगरपालिका-१४ दुमैस्थित कालिगण्डकी नदीमा रिब्दीकोट गाउँपालिका-३ मालमुल बस्ने ६७ वर्षीय होम बहादुर खत्री बिहीबार मृत अवस्थामा फेला परेका छन् । त्यस्तै चितवन, भरतपुर महानगरपालिका-१६ बस्ने १८ को समीर परियार सोही ठाउँस्थित नारायणी नदीको किनारमा बिहीबार मृत अवस्थामा फेला परेका छन् । यस सम्बन्धमा …

सामान्य अवस्थामा फर्कियो धरान

निषेधाज्ञाको समय सकिएपछि धरान सामान्य अवस्थामा फर्किएको छ । जिल्ला प्रशासन कार्यालय सुनसरीले जारी गरेको निषेधाज्ञाको समय सकिएपछि आइतबार बिहानदेखि नै धरान सामान्य अवस्थामा फर्किएको हो । निषेधाज्ञाका कारण शनिबार धरानमा दिनभर बजार,...

बेवारिसे अवस्थामा काठ बरामद

बेवारिसे अवस्थामा प्रहरीले सालको काठ बरामद गरेको छ।मधुवन नगरपालिका–९ धर्मबस्ती स्थित बेवारिसे अवस्थामा रहेको प्रहरीले शनिबार काठ बरामद गरेको हो।...

एक महिनाको गैँडा मृत अवस्थामा भेटियो

चितवन । भरतपुर महानगरपालिका–२६ मा एक महिनाको गैँडा मृत अवस्थामा भेटिएको छ । शनिबार आमासँगै रहेको गैँडापछि मृत अवस्थामा भेटिएको हो । चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार मेघौली उपभोक्ता समितिअन्तर्गत नारायणी नदीको पूर्वी वन क्षेत्रमा रहेको गर्दहा वन क्षेत्रमा बच्चा गैँडा मृत अवस्थामा भेटिएको हो । भाले बच्चा आमासँगै रहेको अवस्थामा मृत […]

घाँसीकुवा मासिने अवस्थामा

भानुभक्त आचार्यलाई आदिकवि बनाउने प्रेरणादायी स्थल घाँसीकुवाको अस्तित्व मासिने अवस्थामा पुगेको छ । पृथ्वी राजमार्गको मुग्लिन–पोखरा सडकखण्ड विस्तारका कारण व्यास–१२ स्थित घाँसीकुवा र घाँसीपार्क मासिने अवस्थामा पुगेको हो ।  उक्त ऐतिहासिक सम्पदा सडक...

रूपन्देहीका इटा उद्योग बन्द हुने अवस्थामा

रूपन्देहीका इटा उद्योग बन्द हुने अवस्थामा पुगेका छन्। इटाको माग घट्नाका साथै इटा उत्पादनमा आवश्यक पर्ने कोइलामा भएको मूल्यवृद्धिका कारण इटा उद्योग बन्द हुने अवस्थामा पुगेका हुन्।...

नग्न अवस्थामा भेटियो पुरुषको शव

मोरङको उर्लाबारीमा नग्न अवस्थामा एक जना पुरुषको सडेर दुर्गन्धित अवस्थामा शव फेला परेको छ।

फेरि मृत अवस्थामा भेटियो पाटेबाघ

फेरि वयस्क भाले पाटेबाघ मृत अवस्थामा शनिबार फेला परेको छ। मधुवन नगरपालिका–६ स्थित कालिका सामुदायिक वन र ग्रामीण महिला सामुदायिक वनको सिमानामा रहेको खोलामा वयस्क पाटेबाघ मृत अवस्थामा फेला परेको हो।...

पाटेबाघ मृत अवस्थामा फेला

जैविकखाता मार्गमा पर्ने वनमा सोमबार पाटेबाघ मृत अवस्थामा फेला परेको डिभिजन वन कार्यालय बर्दियाका सूचना अधिकारी द्रोणराज शर्माले जानकारी दिए। उनका अनुसार मृत अवस्थामा फेला परेको पाटेबाघको १ हप्ता अगाडि नै मृत्यु भएको हुन सक्ने प्रारम्भिक अनुमान छ।...

सामान्य अवस्थामा फर्किइन् गिल

सिद्धार्थ शुक्लाको निधनपछि विक्षिप्त बनेकी बलिउड अभिनेत्री शहनाज गिल सामान्य अवस्थामा फर्किएकी छन् । लामो समय शोकमा डुबेकी गिल सामान्य अवस्थामा फर्किएकी हुन् । अन्नपूर्ण पोस्ट दैनिकमा खबर छ ।