टि२० विश्वकप सेमिफाइनल : पहिला फिल्डिङ गर्दै न्युजिल्यान्ड

एजेन्सी – आइसिसी टि२० विश्वकप २०२१ को पहिलो सेमिफाइनल खेलमा न्युजिल्यान्डले इंग्ल्यान्डविरुद्ध पहिला फिल्डिङ गर्ने भएको छ । शेख जायद स्टेडियम आबूधाबीमा न्युजिल्यान्डका कप्तन केन विलियम्सनले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएका हुन् । न्युजिल्ल्यान्डले आजको खेलमा टोलीमा परिवर्तन गरेको छैन । इंग्ल्यान्डले भने ओपनर जेसन रोयको स्थानमा साम बिलिंग्सलाई मौका दिएको छ । […]