काठमाण्डाै – नेकपा एमालेका सचेतक महेश बर्तौलाले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भारत भ्रमणका क्रममा देशको सार्वभौमिकता, अखण्डता र जमिनमाथि धावा बोलेको जिकिर गर्नुभएकाे छ ।
आइतवार सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसँग कुरा गर्दै सचेतक बर्ताैलाले प्रधानमन्त्रीले भारत भ्रमणका क्रममा देशमाथि गद्दारी गर्नुभएको आराेप लगाउनुभयाे । उहाँले प्रधानमन्त्रीले देशको सार्वभौमिकता, अखण्डता र नेपालको जमिनमाथि धावा बोलेर आएको भन्दै त्यसप्रति प्रधानमन्त्रीले माफी माग्नुपर्ने बताउनुभयो । उहाँले नागरिकता विधेयकलाई अस...