युभेन्ट्स यूईएफए च्याम्पियन्स लिगबाट बाहिरियो

काठमाण्डाै - इटालियन क्लब युभेन्ट्स यूईएफए च्याम्पियन्स लिगबाट बाहिरिएको छ । घरेलु मैदानमा दोस्रो लेगमा भिल्लारियलसँग ३–० गोलले पराजित भएपछि युभेन्ट्स च्याम्पियन्स लिगको प्रि–क्वाटर फाइनलबाटै बाहिरिएको हो । गएराति भएको खेलमा भिल्लारियलका जेरार्ड मोरेनो, पाउ टोरेस र एर्नाउट डानजुमाले एक–एक गोल गरे । युभेन्ट्स समग्रमा ४–१ गोलले पराजित भयो । पहिलो लेगको खेल एक–एक गोलको बराबरीमा सकिएको थियो ।   

सम्बन्धित सामग्री

च्याम्पियन्स लिग फुटबलमा चेल्सीले एसी मिलानलाई हरायो : यूभेन्ट्स हाइफासँग पराजित

यूईएफए च्याम्पियन्स लिग फुटबलमा चेल्सीले एसी मिलानलाई हराएको छ । गएराति भएको खेलमा चेल्सीले १० खेलाडीमा समेटिएको मिलानलाई २–० गोलले हरायो । समूह ‘ई’मा ४ खेलमा ७ अंक जोडेको चेल्सी शीर्षस्थानमा छ । अर्को खेलमा इटालियन क्लब युभेन्ट्स पराजित भएको छ । समूह ‘एच’ मा रहेको युभेन्ट्सलाई मक्काबी हाइफाले २–० गोलले हराएको हो । हाइफाको जितमा ओमेर अट्जिलीले दुई गोल गरे । अंकतालिकामा पुछारमा रहेको हाइफाको यो पहिलो जित हो । हाइफाले ४ खेलमा ३ अंक जोडेको छ । युभेन्ट्सको ४ खेलमा ३ अ...

पीएसजी बेन्फिकासँग बराबरीमा रोकियो, युभेन्ट्स विजयी

काठमाडौं । यूईएफए च्याम्पियन्स लिग फुटबलमा फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) बेन्फिकासँग बराबरीमा रोकिएको छ । बुधबार राति भएको खेलमा पीएसजी बेन्फिकासँग १–१ को बराबरीमा रोकिएको हो । खेलको २२ औं मिनेटमा लियोनल मेस्सीले गोल गर्दै पीएसजीलाई सुरुआती अग्रता दिलाएका थिए । तर, ४१ औं मिनेटमा पीएसजीका डानिलो पेरिएराले आत्मघाती गोल गरेपछि पीएसजी १–१ […]