सङ्क्रमितको चाप बढेसँगै झापाका अस्पताल अनुगमन, मेची अस्पतालमा जनशक्ति माग

झापा : झापामा कोरोना संक्रमितको चाप ह्वातै बढेसँगै जिल्ला विपद् व्यवस्थापन समिति झापाले निजी तथा सरकारी अस्पतालको अनुगमन थालेको छ।सर्वसाधारण जनताले स्वास्थ्य मापदण्ड र निषेधाज्ञा पालना नगर्दा भारतको विहार तथा बंगाल राज्यसँग जोडिएको झापामा दोस्रो लहरको संक्रमण तीव्र गतिमा समुदायस्तरमा फैलिरहेको छ। जिल्लामा पछिल्लो एक सातामा पाँच गुणा बढीले संक्रमति थपिएका छन्। विपद् व्यवस्थापन समितिले संक्रमित बिरामीको स्वास्थ्य उपचारलाई सहज र सरल बनाउन निजी तथा सरकारी अस्पतालहरूको आकस्मिक अनुगमन थ