नेपालबाट करिब १७१० किलोमिटर पश्चिममा अवस्थित देश। खासगरी दक्षिण एशियाका २ देश भारत र पाकिस्तान बीचको तनावपूर्ण सम्बन्धका कारण कोमामा रहेको क्षेत्रीय संगठन दक्षिण एशियाली क्षेत्रीय सहयोग (सार्क) को सबैभन्दा कान्छो अर्थात् आठौँ सदस्य राष्ट्र।हुन त दक्षिण एशियाका दुई शक्तिराष्ट्र जहाँ भेटिए पनि भिडिहाल्छन्। चाहे त्यो प्राज्ञिक छलफल कार्यक्रममा होस् कि सार्कजस्ता क्षेत्रीय वा संयुक्त राष्ट्रसंघजस्ता अन्तरराष्ट्रिय मञ्चहरूमा होस्। अरब सागरदेखि हिमालयसम्म तन्किए