राजस्व छली ल्याउँदै गरेको १५ लाखको विभिन्न सामानसहित दुई जना पक्राउ

मानेभन्ज्याङ गाउँपालिका–७ हर्कपुरमा राजस्व छली गरी ल्याउँदै गरेको कपडासहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा काभ्रे पनौती नगरपालिका–२ बस्ने २७ वर्षीय अनुप दाहाल समेत दुई जना छन् । उनीहरुलाई करिब १५ लाख रुपैयाँ बराबरको विभिन्न किसिमका कपडाहरू राजस्व छली गरी ल्याउँदै गर्दा पक्राउ गरिएको प्रहरीले जनाएको छ । काठमाडौंबाट सोलुखुम्बुतर्फ जाँदै गरेको प्रदेश ३–०१–०२४ च ४५९६ नम्बरको टाटा सुमोलाई प्रहरी चौकी हर्कपुरबाट खटिएको प्रहरीले जाँच गर्दा ती क