प्रचण्ड र जगन्नाथबीच बालुवाटारमा एक घण्टा छलफल

काठमाडौं, पुस २२ । नेकपा (एकीकृत समाजवादी) पार्टीका उपमहासचिव जगन्नाथ खतिवडा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड’लाई भेटन् बालुवाटार पुगेका छन् । शुक्रबार बिहान प्रधानमन्त्री निवास बालुवाटार पुगेका खतिवडाले प्रचण्डसँग करिव एक घण्टा छलफल गरेका छन्। भेटवार्ताबारे बोल्दै खतिवडाले समसामयिक राजनीतिक विषयमा कुराकानी भएको र भेटका क्रममा प्रधानमन्त्री दाहालले सरकारलाई विश्वासको मत दिएर समर्थन गर्न आग्रह गरेको […]

सम्बन्धित सामग्री

प्रधानमन्त्री देउवा र नेता केसीबीच बालुवाटारमा एक घण्टा भेटवार्ता

प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र कांग्रेस नेता अर्जुन नरसिंह केसीबीच बुधबार भेटवार्ता भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा करिब एक घण्टा लामो भएको भेटवार्ताका क्रममा निर्वाचनमा विजयी भएकामा एकअर्कामा बधाई साटासाटका साथै समसायिक विषयमा छलफल भएको केसीको सचिवालयले जनाएको छ । यस्तै भेटका क्रममा नयाँ सरकार गठनका विषयमा छलफल हुनुका साथै गठबन्धन दल, निर्वाचन परिणाम र संसदको अंकगणितीय उपस्थितिको समीक्षा भएको थियो । अर्थतन्त्रमा देखिएको समस्याको समाधान, नुवा

बालुवाटारमा देउवा-दाहालबीच भेटवार्ता

काठमाडौं, साउन ८ । प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच भेटवार्ता भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आज विहान भएको भेटवार्तामा गठबन्धनलाई चुनावसम्मै अगाडी लैजाने, राष्ट्रिय सभाबाट नागरिकता विधेयकलाई पास गर्ने तथा चुनावी तालमेलको सिट बाँडफाँट लगायत समसामयिक राजनीतिक विषयमा करिव एक घण्टा ‘वान टु वान’ छलफल […]

देउवा र कोइरालाबीच बालुवाटारमा भेट

नेपाली काँग्रेसका सभापति तथा प्रधानमन्त्री शेर बहादुर देउवा र नेता शेखर कोइरालाबीच भेटवार्ता भएको छ । शुक्रबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा दुई नेताबीच आधा घण्टा छलफल भएको हो ।उनीहरुबीच पार्टीको केन्द्रीय कमिटी बैठक अघि भेटवार्ता भएको हो । भेटमा कोइरालाले साथीहरुले समानान्तर कमिटी बनाउन दबाब दिइरहेको देउवालाई जानकारी गराएका थिए । देउवाले आफूले सवैलाई मिलाएर अघि बढ्ने बताएको कोइरालाका सहयोगी दिनेश थपलियाले जानकारी दिए ।

बालुवाटारमा मन्त्रिपरिषद बैठक सुरु

मन्त्रिपरिषदको नियमित बैठक सुरु भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बैठक सुरु भएको स्वास्थ्यमन्त्री विरोध खतिवडाले जानकारी दिए ।बिहीबार अपरान्ह चार बजेका लागि बोलाइएको बैठक ५ बजे बसेको हो । प्रधानमन्त्री शेरबहादुर देउवा पर्साबाट काठमाडौं आउँदा केही ढिलो हुँदा मन्त्रिपरिषद बैठक एक घण्टा ढिलो सुरु भएको हो ।

बालुवाटारमा सत्तापक्ष र प्रतिपक्षको २ घण्टा : कसरी भयो ‘सकारात्मक’ छलफल ?

झण्डै सात महिनापछि सत्तापक्ष र प्रतिपक्ष तीन दलका शीर्ष नेताहरु मुलुकका राष्ट्रिय समस्या समाधान गर्न एकै ठाउँ छलफलमा सम्म बसेका छन् । जसले जारी गत्यावरोध हट्न सहयोग पुग्ने अपेक्षा गरिएको छ ।  आइतबार अपरान्ह बालुवाटारमा भएको सत्ता र प्रतिपक्ष तीन दलका ५ नेताको छलफललाई उनीहरुकै शब्दमा ‘सकारात्मक’ भनिएको छ ।उनीहरुबीच एमसीसी अनुमोदन, स्थानीय चुनावको मिति र संसदको अवरोध खुलाउने विषयमा २ घण्टा लामो छलफल भएको हो । यसअघि सत्तापक्षले बोलाएको बैठकमा सहभागी नहुने अडानमा रहेको एमाले आफ्नो प

बद्लिएको परिस्थितिबारे निर्णय गर्न एमालेको स्थायी कमिटीको बैठक बालुवाटारमा

काठमाडौं : नेकपा (एमाले)को स्थायी कमिटीको बैठक बालुवाटारमा शुरु भएको छ। ५ वजेका लागि बोलाइएको बैठक डेढ घण्टा ढिलो गरी शुरु भएको हो। एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले भने उक्त बैठक बहिस्कार गरेका छन्। नेपाल आफ्नै निवासमा चलिरहेको गठबन्धनको बैठकमा सहभागी छन्। एमालेको आइतवारको १० बुँदे सहमतिपछि नेपाल पनि बैठकमा…

बालुवाटारमा टेन्टमा बैठक : माधव पक्ष गएन, वामदेव र पूर्व माओवादी नेताहरु उपस्थित

माधव नेपाल पक्षको अनुपस्थितिबीच नेकपा एमालेको केन्द्रीय कमिटीको बैठक बालुवाटारमा शुरु भएको छ । शुक्रबार विहान ११ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बैठक बस्ने भनिएपनि करिब एक घण्टा ढिला गरी बैठक शुरु भएको हो । आज बालुवाटारमा बैठकका लागि बाहिर नै टेन्टको व्यवस्था गरिएको छ ।आजको बैठकमा पार्टीका उपाध्यक्ष वामदेव गौतम पनि सहभागी हुने भएका छन् ।  त्यस्तै, हालै केन्द्रीय कमिटीका अटाएका पूर्व माओवादी नेताहरु पनि बैठकमा सहभागी भएका छन् । १६ गते आयोजक कमिटी भंग गरी ०७५ जेठ ३ को केन्द्

बालुवाटारमा एमाले स्थायी कमिटी बैठक सुरु

काठमाडौं। नेकपा एमालेको स्थायी कमिटीको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको छ। बैठक ४ बजे बस्ने भनिए पनि प्रधानमन्त्रीको व्यस्तताका कारण डेढ घण्टा ढिला भएको हो। माधवकुमार नेपालपक्षका नेताहरूले विपक्षी गठबन्धनमा लागेर पार्टीविरुद्ध गतिविधि गरिरहेको र पार्टीको आधिकारिक उम्मेदवार रामबहादुर थापा बादललाई निर्वाचनमा मतदान नगरेको विषयबारे बैठकमा छलफल हुने नेताहरूले बताएका छन्।

योगेश र घनश्यामसँग बालुवाटारमा प्रधानमन्त्री ओलीको तीन घण्टा वार्ता

काठमाडौं, २४ बैशाख । प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्रको आन्तरिक विवाद हल गर्नको लागि अन्तिम कसरत गरेका छन् । यही बैशाख २७ गते सदनमा विश्वासको मत लिने भएका ओलीले त्यसअघि नै पार्टीभित्रको विवाद समाधान गर्न प्रयास गरेका छन् । यसको लागि उनले वरिष्ठ नेता माधव नेपाल पक्षधर नेताहरुसँग गम्भीर भेटवार्ता गरिरहेका छन् […]

नेपालसँगको भेटपछि ओली बालुवाटारमा मन्त्रिपरिषद्को बैठकमा

काठमाडौं : प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वरिष्ठ नेता माधवकुमा/ नेपालसँगको भेट पछि सोझै मन्त्रिपरिषद बैठक सुरु गरेका छन्। बालुवाटारमा आज मन्त्रिपरिषद्को नियमित बैठक बसेको हो। त्यसअघि ओलीले नेपालसँग नागपोखरीस्थित होटल मेरियटमा २ घण्टा छलफल गरेका थिए। छलफल भने विना निष्कर्ष सकिएको नेपालले प्रतिक्रिया दिएका थिए। बुधवार र…