व्यावसायिक सुरक्षा माग

सुर्खेतका उद्योगी व्यवसायीले व्यावसायिक सुरक्षाको माग गरेका छन्। वीरेन्द्रनगर बजार क्षेत्रमा बारम्बार चोरी हुने, सीसी क्यामरा नै लैजाने घटना हुन थालेपछि व्यवसायीले प्रशासनसँग सुरक्षाको माग गरेका हुन्। सरुवा भई भर्खरै आउनुभएका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद सापकोटाको स्वागत गर्दै व्यवसायीले बैङ्कको चर्को ब्याजको मारमा समेत व्यवसायी परेको प्रसङ्ग उठाउँदै व्यावसायिक सुरक्षाको माग गरेका हुन्।

सम्बन्धित सामग्री

निर्माण व्यवसायीका २० करोडका उपकरणमा आगजानी

काठमाडौं : निर्माण व्यवसायीहरूले व्यवसायी र व्यावसायिक उपकरणको सुरक्षाको लागि सरकारको निरन्तर ध्यानाकर्षण गराएका छन्।  केही दिनअघि गृहमन्त्री रामबहादुर थापा 'बादल'समक्ष पुगेर सुरक्षा माग गरेकोमा फेरि उपप्रधानमन्त्री तथा रक्षा मन्त्री ईश्वर पोखरेलसँग पनि सुरक्षा व्यवस्था चुस्त राख्न आग्रह गरेका हुन्।  निर्माण व्...