पर्यटन दशकको रणनीतिक कार्ययोजना तयार, कार्यदलले बुझायो प्रतिवेदन

काठमाडौं : नेपाल पर्यटन दशक (२०२३-२०३२) को रणनीतिक कार्ययोजना तयार भएको छ। रणनीतिक कार्ययोजनाको रुपरेखा तयार गर्न गठित कार्यदलले आफ्नो प्रतिवेदन बिहीबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठलाई बुझाएको छ।कार्ययोजनामा नेपालमा सबै मौसम र वर्षैभरी पर्यटन प्रवर्द्धन गर्ने लक्ष्यका साथ सन् २०२३ देखि २०३२ सम्म हरेक वर्ष सम्पन्न गरिने कार्यक्रमबारे उल्लेख गरिएको छ।नेपाल आउने विदेशी पर्यटकको संख्या सन् २०३२ सम्ममा ३५ लाख पुऱ्याउने, पर्यटन क्षेत्रको पुनरुत्थान गर्दै आगामी दुई वर्षभित्