त्रिवि शिक्षण अस्पतालमा स्वास्थ्य बीमासम्बन्धी समस्या समाधान, कार्यक्रम निरन्तर

त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल (टिचिङ) ले स्वास्थ्य बीमा कार्यक्रमलाई पुनः निरन्तरता दिने भएको छ । असार १५ गते अर्थात आजदेखि स्वास्थ्य बीमा कार्यक्रमलाई निरन्तरता दिइने भएको हो । यसअघि त्रिवि शिक्षण अस्पतालले सूचना जारी गर्दै स्वास्थ्य बिमा कार्यक्रम बन्द गर्ने जानकारी दिएको थियो ।अस्पतालका सूचना अधिकारी रामविक्रम अधिकारीले स्वास्थ्य बीमा बोर्डले अस्पताललाई पत्राचार गर्दै बीमा सम्बन्धी समस्यालाई सम्बोधन गर्न बीमा बोर्डले प्रक्रिया अगाडि बढाएको जानकारी दिएकाले बीमा कार्यक्रम सुचारु गरिएको