मुस्ताङमा पनि बाढी–पहिरो, पर्यटक बाटाेमै राेकिए

म्याग्दी – गएको मङ्गलवारदेखि परिरहेको पानीसँगै मुस्ताङमा पनि पहिरो गएको छ । मुस्ताङको घोप्टेभीर, मार्फा, कागबेनी, पाण्डाखोला, छुसाङलगायत क्षेत्रमा आएको बाढी, पहिरोले सडक सञ्जालमा क्षति पुर्‍याएको छ ।  अविरल वर्षाका कारण सडकभन्दा माथिबाट ठूल्ठूला ढुङ्गा, लेदो माटो र गेगरसहितको बाढी आएपछि सडक बन्द भएको जिल्ला प्रहरी कार्यालय मुस्ताङले जनाएको छ । वर्षा र बाढी पहिरोकै कारण सडक ठप्प हुनुका साथै हवाई उडान बन्द भएको मुस्ताङका प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले बताउनुभयो ।  प्रजिअ शर्माले मुस्ताङको मा...