नेपाल, भारत र पाकिस्तानबाट जापान जान कडाइ

एजेन्सी। नेपाल, भारत र पाकिस्तानबाट जापान जाने यात्रुलाई कडाइ गरिएको छ। जापानी नागरिकले पनि यी मुलुकबाट स्वदेश फर्कनसमेत कडा नियम पालना गर्नुपर्ने भएको छ। पछिल्लो समय नेपाललगायत भारत र पाकिस्तान कोरोनाको दोस्रो लहरबाट आक्रान्त भएका कारण जापान सरकारले कडाइ गरेको हो। जापानले शुक्रबार घोषणा गरेको नयाँ नियम सोमबारदेखि लागू हुनेछ। यी देशहरुबाट जापान जाने यात्रुले अनिवार्य क्वारेन्टिनमा बस्नुपर्नेछ।