पत्रकारहरूलाई तत्काल थुनामुक्त गर्न सर्वाेच्च अदालतको आदेश

सर्वाेच्च अदालतले पत्रकार दुर्गालाल लामा र अनिस तामाङ भन्ने श्यामबहादुर तामाङलाई तत्काल थुनामुक्त गर्न आदेश दिएको छ । प्रहरीले पत्रकार पक्राउ गरेपछि गृह मन्त्रालयलाई विपक्षी बनाएर दायर गरिएको रिटमा सर्वाेच्चले बन्दीप्रत्यक्षीकरणको आदेश जारी गरेको हो । समाचारको विषयमा तारिखमा राखेर पनि कानून बमोजिम अनुसन्धान तथा अभियोजन कार्य गर्न सकिने सर्वाेच्चको ठहर छ ।  सर्वोच्च अदालतमा शुक्रवार भएको सुनुवाइमा वरिष्ठ अधिवक्ता बोर्णबहादुर कार्की, रमन श्रेष्ठ, मुक्ति प्रधान तथा अधिवक्ताहरु भक्तिराम घिमिरे, धर्मराज पाण्डे, लोकेन्द्र वलील...