कञ्चनपुरमा चिनी बोकेको जीपसहित चालक प्रहरी नियन्त्रणमा

२५ साउन, धनगढी । भन्सार छलेर ल्याउँदै गरेको १५ क्वीन्टल चिनीसहित प्रहरीले जीप र चालकलाई कञ्चनपुरबाट नियन्त्रणमा लिएको छ । पूर्वपश्चिम राजमार्गस्थित कृष्णपुर नगरपालिका–५ गुलरियामा पश्चिमतर्फ आउँदै गरेको से १ च २२०० नम्बरको जीप १५ क्वीन्टल अवैध चिनी बोकेको अवस्थामा नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक(डीएसपी) सिद्धराज न्यौपानेले  […]