धान लगाउने बेला सधैं मल अभाव हुने गरेका बेला अहिले भने मौज्दातमा रहेको पाइएको छ । सरकारले हाल ४२ हजार ९८३ टन मल मौज्दात रहेको जानकारी दिएको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयका अनुसार युरिया, डीएपी र पोटास गरी कृषि सामग्री कम्पनीसँग ३५ हजार ४४९ टन र साल्ट ट्रेडिङसँग ७ हजार ५३४ टन मल मौज्दात छ ।