टर्की : इस्तानबुलमा भयानक सुक्खाका कारण ४५ दिनपछि पानीको हाहाकार हुने

इस्तानबुलमा विगत एक दशककै सबभन्दा भयानक सुक्खा परेपछि ४५ दिनमा पानी सबै सकिने देखिएको छ ।  बढ्दो शहरीकरणका कारण बनाइएका बाँधहरूले गर्दा सुक्खाको स्थिति आएको र १ करोड ७० लाख मानिस बस्ने शहरको जलस्रोत सुकेको बताइएको छ ।  शहरको प्रमुख जलस्रोतका रूपमा रहेको ओमर्ली बाँधको जलस्तर विगत १५ वर्षमा सबभन्दा तल छ । पानी नपरेकाले गर्दा उक्त बाँधमा २० प्रतिशत मात्र पानी छ ।  राजधानी अंकाराका मेयर मन्सुर याभासले बाँध र जलभण्डारमा ११० दिनलाई पुग्ने पानी मात्र रहेको बताएका छन् ।  टर्कीका अन्य दुई ठूला श...