टोखा नगरपालिकाले ५० विद्यार्थीलाई छात्रवृत्ति दिने

काठमाडौँ- काठमाडौँको टोखा नगरपालिकाले ५० जना विद्यार्थीलाई छात्रवृत्ति उपलब्ध गराउने भएको छ । नगरपालिकाभित्रका सामुदायिक तथा संस्थागत विद्यालयमा अध्ययनरत विद्यार्थीलाई ‘टोखा छात्रवृत्ति कोष’ बाट छात्रवृत्ति उपलब्ध गराउन लागेको हो । नगरपालिकाका शिक्षा अधिकृत खगेन्द्रसिंह धामीले बालविकास तहदेखि स्नातकोत्तर तहसम्म अध्ययनरत विद्यार्थीलाई टोखा छात्रवृत्ति कोषअन्तर्गत छात्रवृत्ति उपलब्ध गराइने जानकारी दिए । छात्रवृत्ति कोष सञ्चालनका लागि नगरपालिकाले […]