एक वर्षभित्र चुनाव गर्ने गरी काँग्रेसको नेतृत्वमा छिट्टै सरकार बन्छ : नेता श्रेष्ठ

काठमाडौं । नेपाली काँग्रेसका नेता गोपालमान श्रेष्ठले छिट्टै काँग्रेसको नेतृत्वमा चुनावी सरकार गठन हुने बताएका छन् । आइतबार काठमाडौं नेपालको एक कार्यक्रममा पूर्व उपप्रधानमन्त्री समेत रहेका नेता श्रेष्ठले भने, 'अबको केही दिनमै काँग्रेसको नेतृत्वमा नयाँ सरकार बन्छ ।'जसका लागि शुक्रबार बसेको नेपाली काँग्रेसको केन्द्रीय कार्यसमिति बैठकले प्रधानमन्त्री केपी ओलीको राजीनामा माग्ने र आफ्नो नेतृत्वमा सरकार बनाउने निर्णय लिएको उनको भनाइ थियो । काँग्रेस संगठन विभाग प्रमुख समेत रहेका नेता श्रेष्ठ पार