काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत गण्डकी प्रदेशबाट केन्द्रीय सदस्य पदको मतगणनामा खुलातर्फ गण्डकी प्रदेशका महामन्त्री किरणबाबु श्रेष्ठले अग्रता लिएका छन् । १ हजार ९८६ मत गणना हुँदा गण्डकी प्रदेश खुलातर्फ श्रेष्ठले ७७२ मत प्राप्त गरेका छन् । उनका निकटतम प्रतिस्पर्धी विष्णु पौडेल (दारी) ले ७०१ मत पाएका छन् । महेन्द्रध्वज जीसीले ६४२, रेशमबहादुर वानियाँले ६३१, […]
'बाबा, आउनु न!' दसैं नजिकिँदै उनले घरबाट सुन्ने आग्रह यही हो।
आमाबुबा र श्रीमतीले परदेशको बाध्यता बुझे पनि छोराछोरीलाई सम्झाउन उनलाई सजिलो छैन।
घर फर्किन नपाएका पोषण कसरी मनाउँदै छन् परिवारबाट टाढाको दसैं?
नेपाली गीतसंगीत क्षेत्रको प्रतिष्ठित अवार्ड इमेज अवार्डको नयाँ संस्करण आयोजना हुने भएको छ। अवार्डमा सहभागी हुन चाहने सर्जक तथा कलाकारका लागि शुक्रबारदेखि आवेदन खुला गरिने भएको छ। संगीत तपाईंको जीवनको भन्ने नारासहित इमेज एफएम सञ्चालन गर्दै आएको इमेज ग्रुप अफ मिडियाले आयोजना गर्ने इमेज अवार्ड नेपाली गीतसंगीत क्षेत्रका सर्जक तथा कलाकारको योगदानको सम्मान गर्ने महत्वपूर्ण […]
नवलपुर (नवलपरासी) । दसैँमा लिंगे पिङ हाल्नका लागि नवलपरासी (बर्दघाट–सुस्तापूर्व)मा वडा कार्यालयले आर्थिक सहयोग गर्ने भएको छ । जिल्लाको गैँडाकोट नगरपालिका–२ को कार्यालयले वडाका सम्पूर्ण टोल विकास संस्थालाई लिंगे पिङ राख्नका लागि आर्थिक सहयोग गर्ने भएको हो । नगरपालिकाले अन्य वडालाई पनि सोही अनुसारको सहयोग उपलब्ध गराउन आग्रह गरेको छ । वडाध्यक्ष प्रकाश सापकोटाले लोप […]
काठमाडौँ । बालअधिकार संरक्षण, बालबालिकाविरुद्ध हुने हिंसाको अन्त्य तथा सुरक्षित भविष्य सुनिश्चित गर्ने विषयमा महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्री सीता बादीले बालबालिकासँग प्रत्यक्ष संवाद गरेकी छन्। मन्त्रालयद्वारा आयोजित राष्ट्रिय परामर्श कार्यक्रमअन्तर्गत ‘:मिट माई मिनिस्टर’ सत्रमा मन्त्री बादीले बालबालिकाका जिज्ञासा, अनुभव, समस्या तथा सुझाव सुनेकी हुन्। संवादका क्रममा बालबालिकाले शिक्षा, स्वास्थ्य, […]