सहकारीमा विश्वास बढाउन जागरण अभियान चलाइने

काठमाडौं । सहकारीमा सर्वसाधारणको विश्वास बढाउन र बचतको सुरक्षाका लागि सञ्चालकहरूले जागरण अभियान सञ्चालन गर्ने भएका छन् । शनिवार सम्पन्न तेस्रो राष्ट्रिय सहकारी महासम्मेलनले ११ बुँदे घोषणापत्र जारी गर्दै राष्ट्रव्यापी जागरण अभियान सञ्चालन गर्ने प्रतिबद्धता गरेको हो ।  पछिल्लो समय वित्तीय क्षेत्रमा देखिएको तरलता अभावको समस्याले सहकारी संस्था पनि प्रभावित भएका छन् । केही संस्थाले बचत फिर्ता गर्न नसक्दा समग्र सहकारीप्रति नै नकारात्मक धारणा फैलिएको छ । यसले गर्दा सहकारीबाट बचत झिकेर बैंकमा जम्मा गर्ने प्रवृत्ति बढ्न थालेपछि सदस्यमा विश्वास जगाउन जागरण अभियान आवश्यक परेको उनीहरूको भनाइ थियो ।  महासम्मेलनले सहकारीको पूँजीलाई उत्पादन, प्रशोधन र बजारीकरणमा लगानी गरी मूल्य शृंखला विकासमार्फत आत्मनिर्भर अर्थतन्त्र निर्माण गर्न जोड दिएको छ । सहकारी आत्मनिर्भर अर्थतन्त्र निमार्णमा लाग्नुपर्ने उल्लेख गर्दै वातावरणमैत्री कृषि, उत्पादनमा वृद्धि आयात प्रतिस्थापन, निर्यात प्रवर्द्धन र रोजगारी सृजना गर्न सार्वजनिक–निजी–सहकारी साझेदारी मोडेललाई अगाडि बढाइने प्रतिबद्धता व्यक्त गरिएको छ । यस्तै नवीन सोच र सृजनात्मकताका आधारमा सहकारीमार्फत कृषि पर्यटन, जलस्रोत, स्वास्थ्य, शिक्षा, उद्योगलगायतका क्षेत्रमा लगानी वृद्धि गर्ने प्रतिबद्धता समेत महासम्मेलनले गरेको छ ।  विशिष्टीकृत सहकारी संघमार्फत बृहत् र विशिष्ट उत्पादनको विकास, कृषि र पशुजन्य क्षेत्रको प्रवर्द्धन एवं ठूला कृषि फार्मको स्थापना, कृषिजन्य वस्तु तथा सेवाको मूल्य तथा आपूर्ति शृंखला विकास गरी सहकारीको ब्रान्ड प्रवर्द्धन गर्ने बताइएको छ ।  त्यसैगरी सहकारी सिद्धान्त, मूल्य, मान्यता र विधिको परिपालना गरी सहकारीको पहिचान स्थापित गर्न सहकारी संस्थामा स्वनियमन र सुशासन कायम गर्दै सदस्य केन्द्रित व्यवसायको माध्यमबाट गुणात्मक सहकारी निर्माण गर्ने प्रतिबद्धता सार्वजनिक गरिएको छ । अर्थतन्त्रमा देखापरेका समस्याका कारण सहकारी क्षेत्रमा सृजना भएको तरलता संकुचनको समस्या समाधानार्थ तिनै तहका सरकारको तर्फबाट सम्बोधन गर्न सामूहिक रूपमा बहस पैरवीका लागि समेत पहल गरिने घोषणापत्रमा उल्लेख छ ।  महासम्मेलनको समापनमा बोल्दै पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अर्थतन्त्र अप्ठ्यारोमा परेको बेला जोगाउने सहकारी भएको बताएका छन् । सहकारी सञ्चालन गर्न नजान्दा समस्यामा परेको भन्दै उनले उत्पादनको क्षेत्रमा लाग्न समेत सुझाए । ‘अहिले सहकारी जति बदनाम भएको छ, अब हुन नपाओस्,’ उनले भने । ठूला बैंक, व्यापारी, उद्योगी समस्यामा भएका बेला साना पूँजी भएका सहकारी समस्यामा हुनु स्वाभाविक भएको उनको भनाइ छ ।  संघीय सहकारी विभागका रजिस्ट्रार नवराज घिमिरेले सहकारीको ऋण तिर्न पर्दैन भन्दै अफवाह फैलाउनेहरूलाई कानूनी कठघरामा ल्याइने बताए । उनले सहकारी ऐन, नियममा भएका व्यवस्था कार्यान्वयन गरी सहकारीलाई व्यवस्थित गर्न विभाग तयार रहेको उल्लेख गरे । सहकारीप्रतिको विश्वास डगमगाउन नदिन सचेत भएर लाग्न समेत उनले आग्रह गरे । राष्ट्रिय सहकारी महासंघले हरेक ५–५ वर्षमा गर्दै आएको महासम्मेलन यसपटक बिहीवारदेखि शनिवारसम्म चलेको थियो । महासम्मेलनमा राष्ट्रिय तथा अन्तरराष्ट्रिय विषयविज्ञबाट प्रस्तुत ११ ओटा कार्यपत्रमा छलफल भएको थियो । महासम्मेलनमा ७० जिल्लाका करीब १ हजार जनाको सहभागिता रहेको थियो ।

सम्बन्धित सामग्री

माओवादीको ‘मधेश–तराई राष्ट्रिय जागरण अभियान’ सर्यो

काठमाडौं, १६ फागुन । नेकपा (माओवादी केन्द्र) ले ‘मधेश–तराई राष्ट्रिय जागरण अभियान’ सारेको छ । यसअघि उक्त अभियान माओवादीले चैत १ गतेदेखि गर्ने निर्णय गरेको थियो । तर, समय अभावका कारण उक्त अभियानलाई चैत १५ गतेदेखि सुरु गर्नेगरी सारिएको माओवादी केन्द्रका उपाध्यक्ष एवं प्रवक्ता अग्नि सापकोटाले बताए । ‘मधेश–तराई राष्ट्रिय जागरण अभियान चैत १ गतेदेखि […]

नेकपा एसले तनहुँमा पार्टी जागरण अभियान चलाउने

काठमाडौं, फागुन १५ । नेकपा (एकीकृत समाजवादी) तनहुँले दुईमहिने पार्टी जागरण अभियान चलाउने निर्णय गरेको छ। सो पार्टीको सोमबार दमौलीमा सम्पन्न दसौं पूर्ण बैठकले आगामी चैतदेखि दुई महिना पार्टी जागरण अभियान चलाउने निर्णय गरेको हो। पार्टीका कार्यकर्तालाई सङ्गठित गर्दै पार्टीलाई बलियो बनाउन जागरण अभियान चलाउने निर्णय भएको प्रचार विभाग प्रमुख गजिन्द्रराज पन्थले जानकारी दिए। उनले […]

सडक सुरक्षा सचेतनाका लागि जागरण अभियान

राँझा– बाँकेमा सडक सुरक्षा सचेतनाका लागि जागरण अभियान सञ्चालन गरिने भएको छ । बढ्दै गएको सवारी दुर्घटना न्यूनीकरणका लागि यातायात मजदुर तथा व्यवसायीहरूसँगको सहकार्यमा जिल्लाभर जागरण अभियान सञ्चालन गरिने जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक गोपीकृष्ण सुवेदीले जानकारी दिए। ‘यो अभियान जीवनसँग जोडिएको अभियान हो, सडक दुर्घटना न्यूनीकरणका लागि सबैको चासो हुनु जरुरी छ’, […]

समाजवादी जागरण अभियान सफल: अध्यक्ष नेपाल

नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले समाजवादी जागरण अभियान सफल भएको बताएका छन्।...

सहकारी सदस्य जागरण अभियान

काठमाडौँ, ६ चैत । झापा जिल्ला सहकारी सङ्घले जिल्लामा सदस्य जागरण अभियान सुरु गरेको छ । सहकारी सङ्घसंस्था एवं वित्तीय संस्थाविरुद्ध कुप्रचारसहित आक्रमण भइरहेकाले हालको असहज परिस्थितिमा सहकारी, सहकारीकर्मीलाई सक्षम बनाउने उद्देश्यले झापामा सदस्य जागरण अभियान सुरु गरिएको सङ्घका सचिव भवानीप्रसाद दङ्गालले जानकारी दिए । अभियानअन्तर्गत झापाका विभिन्न चार स्थानमा चैत ८ गतेसम्म ‘सहकारी संस्था […]

‘मेची–महाकाली खेल जागरण अभियान’ हुँदै

नेकपा (एमाले) निकट नेपाल खेलकुद महासंघले कोभिडका कारण रोकिएको ‘मेची–महाकाली खेल जागरण अभियान’ शुरु गर्ने भएको छ । सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गरी महासंघले कोभिडका कारण रोकिएको मेची–महाकाली खेल जागरण अभियान शुरु गर्ने जानकारी गराएको हो । पत्रकार सम्मेलनमा बोल्दै महासंघका संयोजक कृष्ण (परशुराम) बस्नेतले गत माघ २३ गते बसेको महासंघको सातौँ केन्द्रिय पदाधिकारी बैठकले तीव्र गतिमा आफ्ना मातहतका सबै तहका अधिवेशनहरू सम्पन्न गर्ने निर्णय गरेको बताए । उनले खेलकुद महा

उपभोक्ता हकहितमाः उपभोक्ता जागरण अभियान

काठमाडाैं । उपभोक्ताको हक हितमा काम गर्ने उद्देश्य बोकेर उपभोक्ता जागरण अभियान–नेपाल नामक संस्था जन्मिएको छ । स्वार्थ एवं राजनीति प्रेरित उपभोक्तावादीहरुका कारण उपभोक्ताका हक–अधिकार वञ्चितिमा परिरहेको भन्दै वस्तु र सेवाका प्रदायकबाट गुणस्तरीय वस्तु तथा सेवा प्राप्त गर्ने उपभोक्ताको सवैधानिक अधिकार संरक्षण गर्ने जागरण अभियानले पहिलो उद्देश्य राखेको छ । उपभोक्ता जागरण र स्वच्छ बजारका […] The post उपभोक्ता हकहितमाः उपभोक्ता जागरण अभियान appeared first on राजधानी राष्ट्रिय दैनिक.

भण्डारीको नेतृत्वमा उपभोक्ता जागरण अभियान नेपाल गठन

उपभोक्ताको हक हितमा काम गर्ने उद्देश्यसहित उपभोक्ता जागरण अभियान–नेपाल नामक संस्था गठन गरिएको छ । स्वार्थ एवं राजनीति प्रेरित उपभोक्तावादीहरुका कारण उपभोक्ताका हक–अधिकार वञ्चित पारिरहेको भन्दै वस्तु र सेवा प्रदायकबाट...

‘हिन्दू राष्ट्र स्वाभिमान जागरण अभियान’ शुरु, रुक्माङ्गत कटुवालको नेतृत्व गर्दै

पूर्वप्रधानसेनापति रुक्माङ्गत कटुवालको नेतृत्वमा ‘हिन्दू राष्ट्र स्वाभिमान जागरण अभियान’ शुरु भएकाे छ ।

जसपाले जागरण अभियान चलाउने

सत्ता साझेदार जनता समाजवादी पार्टी (जसपा) ले बैठकले संगठन सुदृढीकरण तथा जागरण अभियान २०७८ को कार्ययोजना पारित गरेको छ ।बिहीबार पार्टी कार्यालय तुलसीलाल अमात्य स्मृति भवनमा बसेको जसपाको केन्द्रीय कार्यकारिणी समितिको बैठकले संगठन सुदृढीकरण तथा जागरण अभियान २०७८ को कार्ययोजना पारित गरेको हो । बैठकपछि पार्टी प्रवक्ता डम्बर खतिवडाले यो अभियान भाद्र १ गतेदेखि मंसिर […]