साओमीको फ्ल्यागशिप फोन मि ११ सार्वजनिक

साओमी मि ११ नेपाली बजारमा सार्वजनिक भएको छ । कम्पनीले शुक्रबार सार्वजनिक गरेको यो फोन स्नापड्रागन ८८८ चिपसेट भएको विश्वकै पहिलो स्मार्टफोन हो । मियूआई १२.५ ओएसमा चल्ने यो फोन नेपाली बजारमा ८ जीबी ¥याम तथा २५६ जीबी स्टोरेज भेरियन्टमा उपलब्ध भएको छ ।फोनमा दुई वर्षको वारेन्टी तथा एक वर्षको वान टाइम स्क्रिन रिप्लेसमेन्टको सुविधा […]

सम्बन्धित सामग्री

कस्तो छ भिभो एक्स १०० स्मार्टफोन?

भिभोले केही दिन पहिले आफ्नो नयाँ फ्ल्यागशिप फोन भिभो एक्स १०० सार्वजनिक गरेको थियो । यस फो

चाँडै वानप्लस १२ सार्वजनिक हुने, यस्ता छन् फिचर

वानप्लस अहिले आफ्नो आगामी फ्ल्यागशिप स्मार्टफोनमा काम गरिरहेको छ । कम्पनीको अर्को फ्ल्यागशिप स्मार्टफोन वानप्लस १२ हुनेछ, जसको बारेमा धेरै विवरणहरू बाहिर आएका छन् । मिडिया रिपोर्टका अनुसार यो फोन एक शक्तिशाली फ्ल्यागशिप किलर हुनेछ, जसलाई कम्पनीले वानप्लस ११ को तुलनामा धेरै अपग्रेडको साथ सार्वजनिक गर्ने योजना बनाएको छ ।  वानप्लस १२ डिसेम्बर २०२३ मा चीन मा सार्वजनिक...

रियलमी ११ प्रो सिरिज फाइभजी नेपालमा सार्वजनिक हुँदै

रियलमीले बहुप्रतिक्षित ११ प्रो सिरिज फाइभजी नेपाली बजारमा चाँडै उपलब्ध गराउने भएको छ । रियलमी ११ प्रो सिरिज फाइभजी यस वर्षको उत्कृष्ट फ्ल्यागशिप क्यामरा फोन हो, जसले फोटोग्राफीमा रुची राख्नेहरुको लागि एउटा नयाँ स्तर निर्धारण गरेको कम्पनीले जनाएको छ । नयाँ रियलमी ११ प्रो फाइभजीको क्यामरा मात्र नभएर डिजाइन पनि उत्तिकै दमदार र लक्जरियस रहेको छ । प्रसिद्ध ब्रान्ड गुच्चीका...

गूगल पिक्सेलको नयाँ सिरिज पिक्सल-७ र पिक्सल-७ प्रो अक्टोबरमा आउने

वैशाख २६ काठमाडौं। स्मार्टफोन निर्माताहरुको भिडमा फरक स्थान हासिल गर्न संघर्ष गरिरहेको गूगल पिक्सेलले अर्को सिरिज सार्वजनिक गर्ने भएको छ । गूगलले पिक्सल-७ सिरिजको नयाँ पुस्ताको फ्ल्यागशिप स्मार्टफोन सार्वजनिक गर्ने भएको हो । यस सिरिजमा पिक्सल-७ र पिक्सल-७ प्रो सार्वजनिक हुनेछन । यद्यपि आधिकारिक रूपमा यी फोनहरूको बारेमा कुनै जानकारी भने दिईएको छैन।  तर केही टिपस्टरहरूले पिक्सल-७ सिरिजको बारेमा जानकारी लीक गरेका छन्। पिक्सल-७ र पिक्सल-७ प्रो गत वर्ष आएको पिक्सल-६ र पिक्सल-६ प्रो जस्तै छन्। यी फोनहरूलाई पिक्सल-६ को उत्तराधिकारीको रूपमा चिनिन्छ । नयाँ फोनका क्यामेराहरू फिक्सल-६ जस्तै हुनेछन् । गूगल पिक्सेल-७ स्मार्टफोनमा डुअल क्यामेरा सेटअप हुने बताइएको छ । यसले ५० मेगापिक्सेलको प्राइमरी क्यामेरा र १२ एमपी अल्ट्रा वाइड क्यामेरा सेन्सर राखिने छ । पिक्सल-७ प्रो स्मार्टफोनमा ट्रिपल रियर क्यामेरा सेटअप हुनेछ। यसको प्राथमिक क्यामेरा ५० मेगापिक्सल  हुनेछ, साथै १२ मेगापिक्सल  अल्ट्रा-वाइड एंगल सेन्सर र ४८ मेगापिक्सल टेलिफोटो लेन्स हुनेछ ।सेल्फीका लागि फोनमा पञ्च-होल कटआउट दिइने बताइएको छ ।  गुगल टेन्सर प्रोसेसर टिपस्टरका अनुसार पिक्सेल-७ फोनमा ६.३ इन्चको डिस्प्ले हुनेछ। पिक्सल-७ प्रो  मा ६.७ इन्चको डिस्प्ले दिने छ । पिक्सल-७ र पिक्सल-७ प्रो ले गैर- एलपीटीओ  डिस्प्ले पाउनेछ, अर्थात् फिक्सल-७ र पिक्सल-७ प्रो एलपीटीओ  प्यानलको साथ आउनेछ। फोनहरु गूगल टेन्सर प्रोसेसरहरुसँग सुसज्जित हुनेछ। यस सिरिजका फोनहरू स्टर्मी ब्ल्याक, किन्डा कोरल, सोर्टा सीफोम र क्लाउडी ह्वाइट शेडहरूमा आउन सक्छन्। सामाजिक सञ्जालमा एक लीक रिपोर्टमा गूगल पिक्सल-७ सिरिजका फोनहरू आगामी अक्टोबरमा हुने कार्यक्रममा लन्च गरिने बताइएको छ । कार्यक्रममा फोनसँगै गूगल पिक्सेल वाच पनि सार्वजनिक हुनेछ । फोनमा जीपीएस, ब्लुटुथ, वाइफाइ र ओटीजी जस्ता सुविधाहरू पनि छन्। गूगल -६ प्रो स्मार्टफोन गत वर्ष अक्टोबरमा भारतमा लन्च गरिएको थियो।गूगलले यस वर्ष ७ सिरिजका फोन सार्वजनिक गर्न लागेको हो ।

साओमी १२ र साओमी १२ एक्स नेपालमा सार्वजनिक, यस्ता छन् फिचर

साओमीले आफ्नो फ्ल्याग्शिप फोन साओमी १२ र साओमी १२ एक्स नेपालमा सार्वजनिक गरेको छ । प्रयोगकर्ताहरुलाई कटिङ एज भिडियोग्राफ्री र इन्टरटेन्मेन्ट पावरहाउसको अनुभव दिने उद्देश्यले अत्याधुनिक  एल्गोरिदम, फ्ल्यागशिप प्रोसेसिङ पावरसहित यी फोन बजारमा ल्याइएको हो । यी दुई फोनमा १३ एमपी अल्ट्रा-वाइड एंगल क्यामेरा रहेको छ । दुबै फोनमा बहुमुखी सुटिङका लागि प्रो ग्रेड ट्रिपल...

१८ मिनेटमै फुल चार्ज हुने साओमी १२ प्रो नेपाली बजारमा

साओमीले आफ्नो फ्ल्यागशिप सिरिज साओमी १२ अन्तर्गत साओमी १२ प्रो नेपालमा सार्वजनिक गरेको छ । प्रयोगकर्ताहरुलाई कटिङ एज भिडियोग्राफी र इन्टरटेन्मेन्ट पावरहाउसको अनुभव दिने उद्देश्यले अत्याधुनिक एआई एल्गोरिदम, फ्ल्यागशिप प्रोसेसिङ पावरको साथ यो फोन बजारमा ल्याइएको हो । साओमी नेपालका नयाँ कन्ट्री जेनेरल म्यानेजर अमित पंडाज्युले नयाँ-नयाँ प्रविधि र नयाँ-नयाँ फिचर भएको फोन...

शाओमी १२ प्रो नेपाली बजारमा

काठमाडौं (अस) । मोबाइल फोन उत्पादक कम्पनी शाओमीले आफ्नो फ्ल्यागशिप सिरिज शाओमी १२ अन्तर्गत ‘शाओमी १२’ प्रो नेपाली बजारमा ल्याएको छ । प्रयोगकर्तालाई कटिङ एज भिडियोग्राफी र इन्टरटेन्मेन्ट पावर हाउसको सुविधा रहेको उक्त मोबाइल फोन नेपाली बजारमा बुधवार सार्वजनिक गरिएको हो । कार्यक्रममा शाओमी नेपालका नवनियुक्त देशीय महाप्रबन्धक अमित पण्डाले कम्पनी सधैं टपनच प्रविधि, इनोभेसन सुप्रिम पर्फर्मेन्स र सर्वोत्कृष्ट डिजाइन युक्त डिभाइस ल्याउन केन्द्रित रहेको बताए ।