पाल्पामा गाडी दुर्घटना हुँदा तीन जनाको मृत्यु

तानसेन– यहाँको रैनादेवी छहरा गाउँपालिका–४ पिपल भञ्ज्याङमा विद्युतीय गाडी दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ ।  अमलावासबाट मेहलढापतर्फ जाँदै गरेको लुम्बिनी प्रदेश ०१-००१ ज ००९१ नं को विद्युतीय गाडी आज दिउँसो दुर्घटना हुँदा चालकसहित तीन जनाको मृत्यु भएको हो ।  दुर्घटनामा चालक छहरा अमलावासका ३४ वर्षीय कमल रायमाझी, रैनादेवी छहरा– १ सिद्धेश्वरका ३७ वर्षीय […]