ढिलो अस्पताल पुग्छन् क्यान्सरका बिरामी

काठमाडौँ, सोह्रखुट्टेस्थित नयाँ बजारकी एक ५८ वर्षीया महिलालाई एक वर्षअघिदेखि नै टाउको दुख्ने र चक्कर लाग्ने भइरहन्थ्यो। सुरु सुरुमा उनले यसलाई खासै ठूलो समस्या मानिनन्। तर, समस्या बढ्दै गएपछि भने ६ महिनाअघि अस्पताल पुगिन्। त्यतिबेला उनी छाँगाबाट खसेझैँ भइन्। उनलाई क्यान्सरजन्य ब्रेन ट्युमर भएको थियो, त्यो पनि चौथो स्टेजको। ६ महिनायता उनी वीर र निजामती […]