अवैध काठ र मोटरसाइकलसहित ३ जना पक्राउ

रौतहटमा वन सुरक्षा गार्ड र सशस्त्र प्रहरीको संयुक्त टोलीले अवैध काठ र एउटा मोटरसाइकलसहित ३ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा चन्द्रपुर नगरपालिका–४ का श्रीराम साह, बाबुराम श्रेष्ठ र वडा–५ का मनिष चौधरी छन् । डिभिजन बन कार्यालय चन्द्रनिगाहपुर बाट खटिगएको सुरक्षा गार्ड र सशस्त्र प्रहरीको संयुक्त टोलिले छुट्टाछुट्टै स्थानबाट झन्डै ४५ क्युफिट सालको काठ र एउटा भारतीय नम्बरको मोटरसाइकलसहित ३ जनालाई पक्राउ गरेको हो । डिभिजन बन कार्यालयका प्रमुख डिएफओ अमरदेव यादवले बिआर ०५ ए ७८

सम्बन्धित सामग्री

उदयपुरमा पुन ३० क्युबिक फिट अवैध काठ बरामद

उदयपुरमा एकपछि अर्को ठाउँबाट अबैध काठ बरामद हुने क्रम जारी छ। गएको ३ दिनको अवधिमा ३ ठाउँबाट अवैध काँचो काठसहित ३ जना पक्राउ परिसकेका छन्।...

कञ्चनपुरमा अवैध काठ ओसारपसार गर्ने ३ जना पक्राउ

३१ वैशाख, धनगढी । कञ्चनपुरमा अवैध रुपमा काठको ओसारपसारमा संलग्न भएको आरोपमा प्रहरीले ३ जनालाई पक्राउ गरेको छ । विशेष सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय र मातहतबाट खटिएको संयुक्त टोलीले कृष्णपुर नगरपालिका–८ मा अवैध काठ ओसारपसार गर्ने क्रममा ३ जनालाई पक्राउ गरिएको कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक अमरबहादुर थापाले जानकारी दिए । पक्राउ पर्नेमा कृष्णपुर […]