पोखरा महानगरमा कांग्रेस र एकीकृत समाजवादीको दाबी : सहमति जुटाउन बैठक बस्दै

काठमाण्डाै - नेपाली कांग्रेस र नेकपा एकीकृत समाजवादीले पोखरा महानगरको प्रमुखमा दाबी गरेका छन् । अघिल्लो चुनावमा नेकपा एमालेले जितेको पोखराको मेयरमा गठबन्धन गर्दा आफूले पाउनुपर्ने नेकपा एकीकृत समाजवादीको अडान छ । तर, पोखरामा कांग्रेसले पनि समाजवादीको नेतृत्व नस्वीकार्ने अडान राखेका कारण भागबन्डा टुङ्गो लाग्न नसकेको हो । अरु पाँच महानगरमा सहमति भइसकेको नेताहरुले बताएका छन् । केन्द्रबाट ६ महानगर र ११ वटा उपमहानगरपालिकाको प्रमुख र उपप्रमुख गरी ३४ सिट पाँच दलबीच भागबन्डा गर्ने यसअघि नै सहमति बनेको छ । ...

सम्बन्धित सामग्री

मन्त्रिपरिषद् बिस्तारमा सहमति जुटाउन सत्तासाझेदार दलहरुको बैठक सुरु

मन्त्रिपरिषद् बिस्तारमा सहमति जुटाउन सत्तासाझेदार दलका शीर्ष नेताहरुको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा केही बेर अघि सुरु भएको छ । बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र उपसभापति पूर्णबहादुर खड्का, नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल सहभागी हुनुहुन्छ । साथै नेपाल समाजवादी पार्टीका अध्यक्ष डा बाबुराम भट्टराई, लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ …

सत्ता गठबन्धनको बैठकमा सिट बाँडफाँटबारे निष्कर्ष निस्केन

काठमाण्डौ – सत्ता गठबन्धनले सिट बाँडफाँट बारे अझै निष्कर्ष निकाल्न सकेको छैन । हिजोको बैठक पनि विना निष्कर्ष टुंगिएको छ । गठबन्धन नेताहरु दशैँ मनाएर प्रधानमन्त्री निवास बालुवाटार पुगे पनि कुनै सहमति जुटाउन सकेनन् । माओवादी केन्द्रका महासचिव देवप्रसाद गुरुङका अनुसार हिजो नेपाली कांग्रेसले मुख्यतः एकीकृत समाजवादी र जसपासँग दुई पक्षीय छलफल गरेको थियो । कार्यदलको प्रस्तावमाथि एकीकृत समाजवादी र जसपाको विमति रहेकाले सहमतिका लागि कांग्रेसले दुई पक्षीय छलफल गरेको हो । कांग्रेसले प्रदेशमा पनि प्रतिनिधिसभाको हि...

गठबन्धनमा आज पनि जुटेन सहमति, मैत्रीपूर्ण प्रतिस्पर्धाको प्रस्ताव

सत्ता गठबन्धनको आजको बैठक पनि विना निष्कर्ष टुंगिएको छ । गठबन्धन नेताहरु दसैं मनाएर प्रधानमन्त्री निवास बालुवाटार पुगे पनि कुनै सहमति जुटाउन सकेनन् । माओवादी केन्द्रका महासचिव देवप्रसाद गुरुङका अनुसार आज नेपाली कांग्रेसले मुख्यतः एकीकृत समाजवादी र जसपासँग दुई पक्षीय छलफल गरेको थियो ।कार्यदलको प्रस्तावमाथि एकीकृत समाजवादी र जसपाको विमति रहेकाले सहमतिका लागि कांग्रेसले दुई पक्षीय छलफल गरेको हो । सञ्चारमन्त्री तथा कार्यदल सदस्य ज्ञानेन्द्र कार्कीले पनि केही दिनदेखि दुई पक्षीय छलफल भइरहेको बताए ।&nb

रेनु दाहालको भाषण सुनेर म दङ्ग छु : नेपाल

काठमाडौँ । नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले गठबन्धनमा कतिपय पालिकामा सहमति नभएका ठाउँमा सहमति जुटाउन नेताहरूलाई आग्रह गरेका छन् । बिहीबार भरतपुरमा आयोजित गठबन्धनको संयुक्त चुनावी सभालाई सम्बोधन गर्दै अध्यक्ष नेपालले कतिपय ठाउँमा बिगार्न खोज्नेहरू सक्रिय भएको बताएका हुन् । गठबन्धन दलहरूका शीर्ष नेता सहभागी सभालाई सम्बोधन गर्दै नेपालले भने, ‘नमिलेका ठाउँमा मिलाउनुहोस्, […]

धादिङका १२ स्थानीय तहमा सत्तारुढ गठबन्धनको भागबन्डा

११ वैशाख, काठमाडौं । सत्तारुढ गठबन्धनका तीन दलले धादिङका १३ मध्ये १२ स्थानीय तहमा भागबन्डा गरेका छन् । नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादी सम्मिलित जिल्ला स्तरीय संयन्त्रले चुनावी तालमेलमा सहमति जुटाउन नसकेपछि प्रदेश कमिटीका नेताहरुले भागबन्डा गरेका हुन् । जनता समाजवादी पार्टीलाई बाहिरै राखेर गरिएको सहमतिमा कांग्रेसले ७, माओवादी केन्द्रले ३ र एकीकृत […]

नागरिकता विधेयकमा सहमति जुटाउन छलफल

सरकारले नागरिकता ऐन–२०६३ लाई संशोधन गर्न बनेको विधेयकमा सहमति जुटाएर सदनमा पेस गर्ने तयारी गरेको छ । सहमति जुटाउन गृहमन्त्री बालकृष्ण खाणले बुधवार  गृह मन्त्रालयमा संघीय संसदमा प्रतिनिधित्व गर्ने दलहरूबीच छलफल गरेका छन् । २३ फागुनमा पनि विद्येयकबारे छलफल गरिएको थियो । छलफलमा कानुन न्याय तथा संसदीय व्यवस्थामन्त्री दिलेन्द्र प्रसाद बडू, नेपाली काँग्रेसकी सांसद पुष्पा भुसाल, नेकपा एमालेका सांसद कृष्णभक्त पोखरेल, नेकपा माओवादी केन्द्रका सांसद देवप्रसाद गुरुङ, नेकपा (एकीकृत समाजवादी)क

एमसीसीमा सहमति जुटाउन गठबन्धनको बैठक बस्दै

काठमाडौं : सत्तारुढ पाँच दलको बैठक बस्दै छ।  एमसीसीबारे छलफल गर्न सत्ता गठबन्धनको बैठक बस्न लागेको हो।  आज  बिहान १० बजे बोलाइएको बैठकमा  एमसीसीबारे छलफल हुने प्रधानमन्त्रीका स्वकीय सचिव भानु देउवाले जानकारी दिए।एमसीसी परियोजनाको बारेमा पुरक प्रस्ताव अघि सारेर भए पनि यसलाई पारित गर्न नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादी पार्टी तयार भएपछि सत्ता गठबन्धन दलको बैठकमा सहमति गर्न लागिएको जनाइएको छ। सरकारको नेतृत्व गरिरहेको नेपाली कांग्रेसले एमसीसी अघि नबढे गठबन्धन तोडे

ओली र देउवा मिलेर एमसीसी पास गर्न खोजे देशमा आगो बल्छ : झलनाथ खनाल (अन्तरवार्ता)

एमसीसीमा सहमति जुटाउन बिहीबार बालुवाटारमा बसेको सत्ता गठबन्धनको बैठकमा नेताहरुबीच चर्काचर्की भएको छ । प्रधानमन्त्री तथा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा शुक्रबारको प्रतिनिधिसभा बैठकमा एमसीसी जसरी पनि टेबल गरेरै छोड्ने पक्षमा उभिए भने अन्य दल माओवादी केन्द्र र एकीकृत समाजवादी कुनै हालतमा एमसीसी टेबल गर्न नहुने अडानमा रहे ।दुवै पक्षले आआफ्ना अडान नछोडेपछि बैठकमा चर्काचर्की हुन पुग्यो । माहोल तनावग्रस्त भएपछि शुक्रबार बिहान पुन शीर्ष नेता छलफलमा बस्नेगरी उठे पनि एमसीसीमा सहमति जुट्ने सम्भाव

एमसिसी परिमार्जन गर्नुपर्ने अडानमा प्रचण्ड–माधव

एमसिसीमा सहमति जुटाउन प्रधानमन्त्रीको सक्रियता, २६ माघमा बस्ने प्रतिनिधिसभा बैठकअघि नै सत्तारूढ गठबन्धन ठोस निष्कर्षमा पुग्ने सत्तागठबन्धनका दुई दल माओवादी केन्द्र र एकीकृत समाजवादी अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी)...