काठमाडौं : नेपाल प्रहरीले आन्तरिक राजस्व कार्यालयका नक्कली कर्मचारी बनेर ठगी गर्ने आठ जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी परिसर काठमाडौँको टोलीले आन्तरिक राजस्व कार्यालयका नक्कली कर्मचारी बनेर ठगी तथा किर्ते गर्नेहरूलाई पक्राउ गरी आइतबार सार्वजनिक गरेको हो। पूर्वी नवलपरासीका २९ वर्षीय विनबहादुर विक, पाँचथरका २२ वर्षीय सृजना भट्टराई, अछामका १९ वर्षीय सागरजंग लुहार, अछामकै २३ वर्षीय दुधकला विश्वकर्मा, सिन्धुपाल्चोककी २३ वर्षीय प्रमिशा तामाङ, नुवाकोटकी २१ वर्षीय अञ्जना तामाङ, कञ्चनप