२ कात्तिक, काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीको नियुक्ति र त्यसपछिको प्रतिनिधिसभा विघटन गैरसंवैधानिक भएको दाबी गर्दै सर्वोच्च अदालतमा थप पाँचवटा रिट निवेदन दर्ता भएका छन् ।
सर्वोच्च अदालत प्रशासनले संवैधानिक इजलासमा नै दर्ता हुने गरी ती निवेदनहरू …
सुनसरी– धरान उपमहानगरपालिका-१९ दीपेन्द्र मार्ग बस्ने बुद्धि बहादुर तामाङकी छोरी दुई वर्षीय युमी तामाङको आफ्नै घर नजिकै रहेको पोखरीमा डुबेर आइतबार बिहान मृत्यु भएको छ । डुबेर अशक्त भएकी उनको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान घोपामा उपचारको क्रममा मृत्यु भएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
काठमाडौं- सुशासनको माग गर्दै शुरु भएको शान्तिपूर्ण जेन–जी आन्दोलन एकाएक विध्वंशमा परिणत भयो । ‘नेपो बेवी किड’ माथि केन्द्रित गरिएको आन्दोलनले अचानक सत्ता परिवर्तन गर्ने स्थिति पैदा गर्यो । शान्तिपूर्ण विरोध प्रदर्शन गरेका जेन–जीसँग ब्यानरसम्म थिएन । तर आन्दोलनमा गोली चल्यो । आन्दोलनको पहिलो दिन २१ जनाले ज्यान गुमाए । त्यसैको आक्रोश स्वरुप आन्दोलनको दोस्रो […]
जिम्मेवारीको नाममा नर्सहरूलाई निरन्तर मानसिक, व्यावसायिक र सामाजिक रूपमा दवाब दिने कार्य तुरुन्त बन्द गरिनुपर्छ। हामीहरू हाम्रो पेशागत जिम्मेवारीबाट पछि हट्ने पक्षमा छैनौं। तर, हाम्रो श्रम, योगदान र इज्जतलाई सम्मान नगरी एकतर्फी नियम थोपार्ने र दमन गर्ने अभ्यास अब स्वीकार्य छैन। न्यायको पक्षमा,सेवाको सम्मानमा,नर्सहरूको आत्म-सम्मानका लागि।
काठमाडौं- अखिल नेपाल फुटबल संघ (एन्फा) ले महासचिव किरण राईलाई निलम्बन गरेको छ। एन्फाका कार्यवाहक अध्यक्ष वीर बहादुर खड्काले आइतबार राईलाई आजदेखि लागू हुनेगरी अर्को कार्यसमिति बैठकसम्मका लागि महासचिव पदबाट निलम्बन गरिएको जानकारी दिएका हुन्। राईसँग संघको विधान, विधि र पद्धति विपरीत कार्य गरेको विषयमा ३ दिनभित्र स्पष्टीकरण सोधिएको थियो। तर उक्त समयमा राईले कुनै […]
काठमाडौं। गृह मन्त्रालयले ७७ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारी (प्रजिअ)हरूलाई लिखित निर्देशन जारी गरेको छ। गृहले शान्ति सुरक्षा, अपराध नियन्त्रण,निर्वाचनलगायत विषयमा निर्देशन जारी गरेको हो। उपसचिव रवीन्द्र आचार्यद्वारा जारी निर्देशनको पहिलो बुँदामा शान्ति सुरक्षा रहेको छ। जेन-जी आन्दोलतपछि विकसित घटनाक्रम मध्यनजर गर्दै जिल्लाभित्र शान्ति-सुरक्षामा तत्काल र दीर्घकालमा असर पार्ने सुरक्षा चुनौती सतहमा आउनुपूर्व पहिचान गरी […]