रहेनन् काँग्रेस नेता नवीन्द्रराज जोशी, नर्भिकद्वारा निधन भएको पुष्टि

काँग्रेस नेता नवीन्द्रराज जोशीको शुक्रबार साँझ निधन भएको छ । पूर्वमन्त्री समेत रहेका उनको नर्भिक अस्पतालमा उपचारका क्रममा निधन भएको अस्पतालले पुष्टि गरेको छ । अस्पतालले केहीबेरमा उनको निधनबारे थप जानकारी गराउने बताएको छ । उनको निधन भएको खबरसँगै काँग्रेस नेताहरुको अस्पतालमा भिड लाग्न थालेको छ । जोशीमा मष्तिष्कघात भएपछि फागुन १४ गते  नर्भिक अस्पतालमा भर्ना भएका थिए । शल्यक्रियापछि उनको स्वास्थ्यमा सुधार भएपनि पछि स्वास्थ्यमा पुनः समस्या देखिएसँगै भेन्टिलेटरमा राखेर उपचार गरिँदै आएको थियो । मष्तिष्कघात हुँदा रक्तश्राव भई...

सम्बन्धित सामग्री

सुशनलाई चेस उपाधि

झापाका युवा खेलाडी सुशन गौतमले नवीन्द्रराज जोशी स्मृति फिडे र्‍यापिड चेस प्रतियोगिताको उपाधि उचालेका छन् । उनले उपाधिसँगै २० हजार जिते ।

नवीन्द्रराज जोशी कप सम्पन्न

काठमाडौं । काठमाडौं २० वडा भीमसेनस्थानस्थित वाईएफएन नेपालद्वारा सञ्चालित नबिन्द्रराज जोशी कप फुटसल प्रतियोगिता २०७८ शनिबार सम्पन्न भएको छ । काठमाडौं क्षेत्र नं.८ र काठमाडौं क्षेत्र नं. ९ प्रतियोगिता को फाइनलमा पुगेका हुन् । उक्त फाइनल खेलमा क्ष्ँेत्र न. ९ ले क्षेत्र नं ८ लाई ४–३ ले हराएको हो । पहिलो भएको क्षेत्र नं. ९ […]

शोक प्रस्ताव पारित

प्रतिनिधिसभाको आजको बैठकले संविधानसभा सदस्यद्वय नवीन्द्रराज जोशी र लक्ष्मीदेवी भण्डारीको निधनमा शोक प्रस्ताव पारित गरेको छ।

पार्टी भित्र यसकारण भिन्न थिए नवीन्द्रराज जोशी

नेपाली कांग्रेसका दिवगंत नेता नवीन्द्रराज जोशीलाई शीर्ष नेताहरुले श्रद्धाञ्जली दिएका छन् । अन्तिम श्रद्धान्जलीका लागि कांग्रेस कार्यालय, सानेपामा उनको पार्थिव शरीरमा पुष्पगुच्छा चढाउँदै शीर्ष नेता तथा शुभेच्छुकहरुले श्रद्धाञ्जली ब्यक्त गरेका हुन् ।

कांग्रेस नेता नवीन्द्रराज जोशी रहेनन्

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री नवीन्द्रराज जोशीको निधन भएको छ।

पूर्वमन्त्री नवीन्द्रराज जोशी फेरि कोमामा

‘उहाँको स्वास्थ्य अवस्था बीचमा अलिकति राम्रो पनि देखिएको थियो,’ उनले सेतोपाटीसँग भने, ‘शनिबारदेखि फेरि उहाँलाई भेन्टिलेटरको सपोर्टमा राख्नुपरेको छ।’

ब्रेनमा समस्या देखिएपछि कांग्रेस केन्द्रीय सदस्य जोशी अस्पताल भर्ना

नेपाली कांग्रेसका केन्द्रीय सदस्य नवीन्द्रराज जोशी अस्पताल भर्ना भएका छन्। स्वास्थ्यमा  अचानक समस्या आएपछि जोशी गएराति नर्भिक अस्पतालमा भर्ना भएका हुन्।  नेविसंघका नेता यूपी लामिछानेका अनुसार जोशीको ब्रेनमा समस्या देखिएको छ।...

सडकमा आयौँ, अब त्यसै फर्किदैनौँ : नवीन्द्रराज जोशी

कांग्रेस नेता नविन्द्रराज जोशीले बालुवाटारभित्रै बसेर लोकतन्त्रको चीरहरणमा मस्त रहेको सरकारलाई सडकबाटै