यमन युद्ध अन्त्यका लागि संयुक्त राष्ट्रसङ्घको ‘रोडम्याप’को स्वागत

दुबई, ९ पुस । यमनको अन्तर्राष्ट्रिय मान्यता प्राप्त सरकारले गृहयुद्ध अन्त्यका लागि संयुक्त राष्ट्रसङ्घको नेतृत्वमा गरिएको प्रयासको स्वागत गरेको छ । सन् २०१४ मा इरान समर्थित हुथी विद्रोहीले सानामाथि कब्जा जमाएपछि अरब प्रायद्वीपको सबैभन्दा गरिब देश द्वन्द्वको चपेटामा परेको छ । संयुक्त राष्ट्रसङ्घको मध्यस्थतामा भएको युद्धविरामले अप्रिल २०२२ मा शत्रुतामा तीव्र कमी ल्याएको थियो । […]