प्रधानन्यायाधीश जबराको पक्षमा नाराबाजी गर्ने पाँचजना पक्राउ

काठमाडौं, २६ कात्तिक । आज प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको पक्षमा नाराबाजी गर्ने पाँचजना पक्राउ परेका छन् । सर्वोच्च अदालत परिसरमा भइरहेको नेपाल बारको आन्दोलनको क्रममा जबराको पक्षमा नाराबाजी गर्ने चार महिला र एक पुरुष गरी पाँचजना पक्राउ परेका हुन् । प्रधानन्यायाधीश जबरालाई अदालतमा प्रवेशमा रोक लगाउन बिहानदेखी कानुन ब्यवसायीहरु धर्नामा बसेसँगै उनीहरुले पनि जबराको पक्षमा […]

सम्बन्धित सामग्री

प्रतिनिधिसभा बैठक सुरु हुनासाथ एमाले सांसदको नाराबाजी

प्रतिनिधिसभा बैठक सुरु हुनासाथ एमाले सांसदहरूले नाराबाजी थालेका छन् । सभामुख अग्निप्रसाद सापकोटाले आइतबार दिउँसाे बैठक प्रारम्भ भएको घोषणा गरेलगत्तै रोष्ट्रम अगाडि उभिएर एमाले सांसदहरूले नाराबाजी गरिरहेका हुन् । एमालेले गत २३ भदौदेखि संसद बैठक अवरुद्ध गर्दै आएकाे छ । एमाले विभाजनमा सभामुख सापकोटाको भूमिका रहेको भन्दै उनीहरू आन्दोलित भएका हुन् । आजकाे बैठकमा प्रधानन्यायाधीश चाेलेन्द्रशमशेर जबरामाथिकाे महाअभियाेग प्रस्तावमा छलफल हुने कार्यसूची छ ।

सर्वोच्च प्रशासनकाे चेतावनीविरुद्ध कानुन व्यवसायीकाे नाराबाजी

काठमाडौं : सर्वोच्च अदालत प्रशासनको चेतावनीविरुद्ध आक्रोशित कानुन व्यवसायीहरूले आज पुनः सर्वोच्च अदालत परिसरमा नाराबाजी गरेका छन्।सर्वोच्च प्रशासनले अदालत परिसरभित्र हुलहुज्जत नगर्न चेतावनी दिएपछि आक्रोशित कानुन व्यवसायीले चेतावनीविरुद्ध नाराबाजी गरेका हुन्।सर्वोच्चका मुख्य रजिष्ट्रार लालबहादुर कुँवरले सर्वोच्च अदालत बार एशाेसिएशनका अध्यक्ष पूर्णमान शाक्यलाई सर्वोच्च परिसरमा माइकिङ, नाराबाजी र धर्नाका कार्यक्रम नराख्न चेतावनी दिएका थिए।प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको राजीनामा माग्दै आएका

सर्वोच्चको आग्रह अवज्ञा गर्दै अदालत परिसरमा नाराबाजी

काठमाडौँ । सर्वोच्च अदालत प्रशासनको आग्रहको अवज्ञा गर्दै कानून व्यवसायीले मंगलबार सर्वोच्च अदालत परिसरमा नाराबाजी गरेका छन् । नेपाल बार एशोसिएसनका अध्यक्ष चण्डेश्वर श्रेष्ठका अनुसार सर्वोच्च अदालतका एक अधिकारीले प्रधानन्यायाधीश जबराको निर्देशन भन्दै उनलाई फोन गरेर सर्वोच्च अदालत परिसरमा प्रदर्शन र नारावाजी नगर्न भनेका थिए । तर, कानून व्यावसायीहरु नाराबाजी गर्दै सर्वोच्च परिसर छिर्दा भने […]

सर्वोच्चको गेटअगाडि तनाव, चोलेन्द्रका समर्थकद्वारा नाराबाजी

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराका समर्थकहरू मोटरसाइकल र्‍यालीसहित सर्वोच्चको गेटमा पुगेर त्यस आसपासको क्षेत्र तनावग्रस्त बनेको छ । भित्र नेपाल बार एसोसिएसनको शान्तिपूर्ण धर्ना जारी रहँदा चोलेन्द्र समर्थक केही युवाहरूले सर्वोच्चको गेटअगाडि आन्दोलनरत कानून व्यवसायीहरूको विरोधमा नाराबाजी गरेका हुन् । त्यसक्रममा प्रहरी र प्रदर्शनकारीबीच सामान्य झडप समेत भएको छ । त्यसक्रममा एक जनालाई प्रहरीले पक्राउ गरेको छ । बाहिर नाराबाजी हुन थालेपछि कानून व्यवसायीहरूले पनि भित्रबाट चोलेन्द्र प्रवृत्ति मुर्दावाद भनेर नार...

आन्दोलन बिथोल्न सर्वोच्च गेटमा पुगेर नाराबाजी गर्ने चोलेन्द्रका समर्थक पक्राउ

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको पक्ष र आन्दोलनरत कानून व्यवसायीहरूको विरोधमा नाराबाजी गर्नेहरूलाई प्रहरीले पक्राउ गरेको छ । तारा अधिकारीसहित प्रधानन्यायाधीश जबराका समर्थकहरूलाई प्रहरीले सर्वोच्चको मूल गेट अगाडिबाट पक्राउ गरेको हो । शिवसेना नेपालका मनोज सापकोटा पनि त्यसक्रममा पक्राउ परेका छन् । उनीहरूले आन्दोलनरत पक्षको विरोध र प्रधानन्यायाधीश जबराको समर्थनमा नाराबाजी गरेका थिए । प्रधानन्यायाधीश जबराले राजीनामा दिनुपर्ने मागसहित नेपाल बार एसोसिएसनले अहिले सर्वोच्च परिसरबाट मूल गेटमा धर्ना दिइरहेको छ ।

सर्वोच्च परिसरमा बारको नाराबाजी, झडपमा ६ वकिल घाइते

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा माग गर्दै सर्वोच्च अदालत परिसरमा नेपाल बार एसोसिएसनका वकिलहरुले धर्ना दिँदै नाराबाजी गरेका छन् । सो क्रममा प्रहरीसँग भएको झडपमा ६ वकिल घाइते भएका छन् । घाइते हुनेमा बारका महासचिव लीलामणि पौडेलसहित वकिलहरु रमा कर्ण, मुकुन्द भट्टराई, कुमार शर्मा, प्रकाश महर्जन, रक्षा बस्याल रहेका छन् । उनीहरुलाई सामान्य चोटपटक लागेका छ ।  बारका एक पदाधिकारीका अनुसार सर्वोच्चको मूल ढोकामा विरोध प्रदर्शन गर्न खोज्दा प्रहरीले हस्तक्षेप गरेको थियो । त्यसपछि दुई

‘भ्रष्ट प्रधानन्यायाधीश राजीनामा देऊ’

२५ कात्तिक, काठमाडौं । आन्दोलनरत कानुन व्यवसायीहरुले बिहीबार सर्वोच्च अदालत परिसरमै प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराविरुद्ध चर्को नाराबाजी गरेका छन् । बिहीबार अदालत परिसरमा धर्ना दिन पुगेका कानुन व्यवसायीहरुले ‘भ्रष्ट प्रधानन्यायाधीश राजीनामा दे !’ भन्दै नाराबाजी गरेका हुन् । वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारीका अनुसार सर्वोच्च अदालत परिसरमा प्रधानन्यायाधीशलाई भ्रष्ट भन्दै नारा लगाएको उनले पहिलो पटक सुनेका हुन् […]

ओली बालकोट फर्किँदै गर्दा कार्यकर्ताद्वारा माधव नेपालविरुद्ध चर्को नाराबाजी

निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली बालुवाटार छाडेर बालकोटस्थित निवास फर्किंदै गर्दा कार्यकर्ताले एमाले वरिष्ठ नेता माधव नेपालविरुद्ध चर्को नाराबाजी गरेका छन् । एमालेको सरकार ढालेर कांग्रेसको नेतृत्वमा सरकार बन्ने अवस्थाको मुख्य जिम्मेवार नेता नेपाल रहेको भन्दै र्‍यालीका सहभागीहरूले माधव नेपालविरुद्ध चर्को नाराबाजी गरेका हुन् । एमाले कार्यकर्ताले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध पनि नाराबाजी गरेका छन् । अबिरल वर्षाका बावजुद एमाले भातृ संगठन युवा संघले बालुवाटारदेखि बालकोटसम्म मोटरसाइकल र्‍याल...