जुम्लामा चलचित्र ‘प्रकाश’को वर्ल्ड प्रिमियर, प्रदीपलाई भव्य स्वागत (तस्बिरहरू)

काठमाडौं । नेपाली कथानक चलचित्र ‘प्रकाश’को वर्ल्ड प्रिमियर जुम्लामा गरिएको छ । भदौ १० गतेबाट प्रदर्शनमा आउने चलचित्रको  आइतबार (हिजो) जुम्लामा वर्ल्र्ड  प्रिमियर गरिएको हो ।  जुम्लाको तिर्खु गाउँमा छायांकन भएको यो चलचित्रको सोही गाउँको मोक्ष माध्यमिक विद्यालयमा प्रिमियर गरिएको हो । प्रिमियरमा चलचित्रका मुख्य कलाकार प्रदीप खड्का र लेखक विकास...