लोकसेवा तयारी सामग्री (विषयगत प्रश्नोत्तर)

सङ्घीय प्रणालीमा शक्ति पृथकीकरण १. नेपालमा बैङ्क तथा वित्तीय संस्थाकोे विद्यमान अवस्थाबारे जानकारी दिँदै यसको विकासमा नियामक निकायको भूमिकाबारे चर्चा गर्नुहोस् ।  सर्वसाधारण नागरिकबाट निक्षेप सङ्कलन गरी कर्जा प्रवाह गरेर बचतकर्ता तथा लगानीकर्ताबीच मध्यस्थकर्ताको कार्य गर्ने संस्था बैङ्क तथा वित्तीय संस्था हुन् । यस्ता संस्थाले मुद्रा तथा साखको कारोबार गर्ने, सुरक्षित भुक्तानी प्रणाली लागू गर्ने, मौद्रिक नीति कार्यान्वयन गर्नेलगायतका कार्य गरी आर्थिक विकासमा महìवपूर्ण भूमिका निर्वाह गर्छन् । यस्ता बैङ्क तथा वित्तीय संस्था नेपालको वित्तीय प्रणालीको एक अभिन्न अङ्ग हुन् । यसअन्तर्गत ‘क’ वर्गको वाणिज्य बैङ्क, ‘ख’ वर्गको विकास बैङ्क, ‘ग’ वर्गको वित्तीय कम्पनी र ‘घ’ वर्गको लघुवित्त संस्था पर्छन् । यी निकायको दर्ता, अनुगमन, सुपरिवेक्षण, नियमन, सहजीकरण एवं प्रवद्र्धन नेपाल राष्ट्र बैङ्क ऐन, २०५८, बैङ्क तथा वित्तीय संस्थासम्बन्धी ऐन, २०७३ बमोजिम केन्द्रिय बैङ्कका रूपमा नेपाल राष्ट्र बैङ्कले गर्दै आएको छ । पछिल्लो आर्थिक सर्वेक्षणअनुसार नेपालमा २७ वाणिज्य बैङ्क, १९ विकास बैङ्क, एक पूर्वाधार विकास बैङ्क, २० वित्त कम्पनी, ७६ लघुवित्त संस्था गरी जम्मा १४३ बैङ्क तथा वित्तीय संस्था छन् ।

सम्बन्धित सामग्री

निःशुल्क लोकसेवा तयारी कक्षा सञ्चालन गर्दै काठमाडौं महानगर

काठमाडौं महानगरपालिकाले निःशुल्क लोकसेवा तयारी कक्षा सञ्चालन गर्ने भएको छ।

निःशुल्क लोकसेवा तयारी कक्षा सञ्चालन गर्दै काठमाडौं महानगर

काठमाडौं महानगरपालिकाले निःशुल्क लोकसेवा तयारी कक्षा सञ्चालन गर्ने भएको छ।

वडाको आर्थिक सहयोगमा लोकसेवा तयारी कक्षा सुरु

मोरङ– मोरङको पथरी शनिश्चरे नगरपालिकामा लोकसेवा तयारी कक्षा सुरु भएको छ । वडा नं. ३ र २ को आर्थिक सहयोगमा प्रफेक्ट मल्टिपल इन्ष्टिच्युट प्रा.ली.ले तयारी कक्षा थालेको प्रा.ली.का सञ्चालक युवराज चौलागाईले जानकारी दिए । वडा नं. ३ ले वार्षिक बजेटमा नै कार्यक्रम राखेर वडाका ३० जना युवाहरुलाई तयारी कक्षा गराइरहेको छ । वडाले अन्य थुप्रै […]

वडामै लोकसेवा तयारी कक्षा

बागलुङको काठेखोला गाउँपालिका वडा नं ३, धम्जाले वडाभित्रका युवा विद्यार्थीहरूलाई नि:शुल्क रुपमा लोकसेवा तयारी कक्षा सञ्चालन गराएको छ ।

वडाको पहलमा २० जनालाई नि:शुल्क रुपमा लोकसेवा तयारी कक्षा

२२ चैत, बागलुङ । बागलुङको काठेखोला गाउँपालिका ३, धम्जाले आफना वडाभित्रका विद्यार्थीलाई नि:शुल्क रुपमा लोकसेवा तयारी कक्षा पढाउन सुरु गरेको छ । धम्जाले बागलुङ सदरमुकाममा एक कार्यक्रमको आयोजना गर्दै लोकसेवा तयारी कक्षाको शुभारम्भ गरेको हो । वडाध्यक्ष कुलबहादुर विक वडाका युवालाई स्वदेशमै स्वावलम्बी बन्नको लागि उत्प्रेरित गर्ने र सरकारी सेवामा पहुँच वृद्धि गर्नको लागि लागि […]

गाउँपालिकाले लोकसेवा तयारी कक्षा पढाउँदै

डोल्पाको उत्तरी क्षेत्रमा पर्ने शे–फोक्सुन्डो गाउँपालिकाले माथिल्लो तहमा अध्ययनरत विद्यार्थीलाई छात्रवृत्ति दिएर लोकसेवा तयारी कक्षा पढाउने भएको छ ।

शे फोक्सुण्डो गाउँपालिकाले लोकसेवा तयारी कक्षा पढाउँदै

काठमाडौँ,२९ पुष । डोल्पाको उत्तरी क्षेत्रमा पर्ने शे–फोक्सुन्डो गाउँपालिकाले माथिल्लो तहमा अध्ययनरत विद्यार्थीलाई छात्रवृत्ति दिएर लोकसेवा तयारी कक्षा पढाउने भएको छ । एसइई र कक्षा १२ साधारण वा प्राविधिक विषय लिई उत्तीर्ण गरेका गाउँपालिकाभित्रका व्यक्तिलाई निजामती सेवामा प्रवेश गराउन गाउँपालिकाको कोषबाट छात्रवृत्ति दिएर लोकसेवा तयारी कक्षा पढाइने भएको हो । निजामती सेवामा प्रवेश गर्ने चाहना […]

शैक्षिक बेरोजगार कम गर्न कमलामाईमा लोकसेवा तयारी कक्षा सञ्चालन

बुद्ध नेपाली, सिन्धुली ।  सिन्धुलीको कमलामाई नगरपालिकाले लोकसेवा आयोगको निःशुल्क तयारी कक्षा सुरु गरेको छ । नगरपालिकाले शैक्षिक बेरोजगार न्यूनीकरणमा जोड दिँदै निजामती सेवाको एक महिने निःशुल्क तयारी कक्षा प्रशिक्षण सुरु गरेको हो । एक महिने लोकसेवा आयोगको निःशुल्क तयारी कक्षाको शुक्रवार आयोजित एक कार्यक्रमका बिच नगरप्रमुख खड्ग बहादुर खत्रीले उद्घाटन गर्नुभएको हो । नगरपालिकाले […]

नेपाल टेलिकमको इन्जिनियरिङ लोकसेवा तयारी कक्षा शुरू गर्दै पढाओ एकेडेमी

इन्जिनियरिङको लोकसेवा तयारी गराउने संस्था पढाओ एकेडेमीले मंसिर १२ गतेदेखि नेपाल टेलिकमको इन्जिनियरिङ लोकसेवा कक्षा शुरू गर्ने भएको छ । टेलिकमले मंसिर ३ गतेमात्रै विभिन्न पदमा २७० जना नयाँ कर्मचारी माग गरेको थियो । जस अनुसार पढाओले मंसिर १२ गतेदेखि इलेक्ट्रोनिक्स एण्ड कम्युनिकेसन्स इन्जनिनियर, कम्प्युटर इन्जिनियर, इलेक्ट्रीकल इन्जिनियर र सिभिल इन्जिनियरको लोकसेवा...