भारत : जम्मुमा ड्रोन आक्रमणपछि भेटियो क्रुड बम

भारतको जम्मुमा वायुसेनाको अड्डामा ड्रोन आक्रमणलगत्तै एउटा क्रुड बम पनि फेला परेको जम्मु कश्मीर प्रहरी प्रमुख दिलबाग सिंहले बताएका छन् । भारतीय अधिकारीहरूका अनुसार, यो आतंकवादी आक्रमण हो । ‘ड्रोनमा क्षेप्यास्त्र जडान गरेर जम्मु एयरफील्डमा दुईवटा विस्फोट गराइएको थियो । जम्मु प्रहरीले क्रुड बम पनि फेला पारेको छ । लश्कर–ए–तैयबाको आतंकवादीले यसलाई भीडभाड भएको ठाउँमा राख्न खोजेको थियो,’ सिंहले बताए ।  जम्मुस्थित भारतीय वायुसेवाको स्टेसनमा आइतवार सखारै दुईवटा विस्फोट भएका थिए । त्यसमा ...

सम्बन्धित सामग्री

भारत–अमेरिका सैन्य ड्रोन खरिद सम्झौताको तयारी

एजेन्सी । भारत र अमेरिकाबीच ३ अर्ब डलर बराबरको सैन्य ड्रोन खरिद सम्झौता हुने तयारी भइरहेको बताइएको छ । भारतीय सञ्चार माध्यमहरुका अनुसार अमेरिकाले प्रिडेटर थर्टी–एमक्यु–नाइन बी ड्रोन भारतलाई उपलब्ध गराउने गरी सम्झौताको तयारी गरिएको हो । यस्तो ड्रोनबाट भारतलाई सीमा क्षेत्र तथा समुद्री क्षेत्रको निगरानी गर्न सहयोग पुग्ने बताइएको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र […]

चीनले पहिलो पटक विश्वलाई देखाएको आत्मघाती ड्रोन, भारत ठूलो तनाव

चीनले पहिलो पटक स्विचबल आत्मघाती ड्रोन विश्वसामु ल्याएको छ । यो ड्रोन बारूदले सुसज्जित छ, जसले जासुरी गर्न र आक्रमण गर्न सक्छ । यस आत्मघाती ड्रोनको नाम एफएच–९०१ हो। यसलाई चीनको सरकारी स्वामित्वको कम्पनी चाइना एरोस्पेस साइन्स एन्ड टेक्नोलोजी कर्पोरेशनले विकास गरेको हो । यस ड्रोनको प्रक्षेपणको क्रममा चीनले एउटा भिडियो फुटेज पनि देखाएको थियो, […]

जम्मु कश्मीरमा विस्फोटक पदार्थ जडित ड्रोन खसालियो

काठमाडौँ– भारत प्रशासित जम्मु कश्मीरमा विस्फोटक पदार्थ बोकेको मानवरहित हवाइ उपकरण (ड्रोन) खसालिएको छ । जम्मु कश्मीरको काथुवा जिल्लामा भारतीय सुरक्षा फौजले ७ वटा विस्फोटक पदार्थ एवम् ७ वटा अन्डर ब्यारेल ग्रिनेड लन्चर जडान गरिएको ड्रोन खसालेको भारतीय समाचार संस्था एएनआईले जनाएको छ । गस्तीमा रहेको सुरक्षा फौजले गोप्य सूचनाका आधारमा ड्रोन खसालिएको कथावा जिल्लाका […]

चीनमाथि नजर राख्न भारतले इजरायलसँग किन्यो हेरोन ड्रोन

भारतले रक्षा क्षेत्रलाई थप मजबूत बनाउनका लागि विभिन्न कदम चाल्न थालेको छ । त्यसैक्रममा लद्दाखमा चिनियाँ गतिविधिमाथि नजर राख्न भारतले इजरायलसँग हेरोन ड्रोन किनेको छ । यी ड्रोनहरूको एन्टी–जामिङ क्षमता पहिलेको भन्दा राम्रो रहेको बताइएको छ । ड्रोन किन्नका लागि भारत सरकारले रक्षा बलहरूलाई दिइएको संकटकालीन वित्तीय शक्तिको उपयोग गरिएको थियो । त्यसअन्तर्गत उनीहरूले युद्ध क्षमतालाई उन्नत गर्नका लागि ५०० करोड भारुको उपकरण र प्रणाली किनेको छ ।  इजरायली सञ्चारमाध्यमका अनुसार, हेरोन मार्क–२ ड्रोन संसारको सबभन्दा...

भारतले अमेरिकाबाट २२ हजार करोडमा ३० वटा ड्रोन किन्ने

भारत सरकारले यस आर्थिक वर्षमा अमेरिकाबाट ३० प्रिडेटर ड्रोन किन्‍ने भएको छ। जसको लागत २२ हजार करोड हुनेछ ।समाचार एजेन्सी पीटीआईले आकाशबाट जमिनमा मार हान्न सक्ने मिसाइलले सुसज्जित एम क्यु नाइन बी ( MQ-9B) लामो सहनशीलता ड्रोन किन्नको प्रस्ताव आगामी केही हप्तामा रक्षा परिषद् ले पारित गर्न सक्ने जनाएको छ। जसको नेतृत्व प्रधानमन्त्रीले गर्नेछन्। यो प्रस्ताव भारतीय नौसेनाले विस्तार गरेको र तीन सेनाले १०-१० ड्रोन पाउनेछन्।नौसेनाका उपप्रमुख भाइस एडमिरल सतीश नामदेव घोर्माडेले छिट्टै रक्षा खरिद परि

चीनबाट सतर्क हुँदै अरुणाचल प्रदेशमा ड्रोन तैनाथ गर्‍यो भारतले

पोहोर साल गलवानमा भएको हिंस्रक भिडन्तपछि भारत सतर्क भएको छ ।  त्यसपछि चीनसँगको वास्तविक नियन्त्रण रेखामा भारतले सेनाको तैनाथी बढाएको छ । अहिले अरुणाचल प्रदेश सेक्टरमा पनि भारतीय सेनाले दिनरात निगरानी गरिरहेको छ ।  निगरानीका लागि उसले ड्रोनहरू तैनाथ गरेको छ । इजरायलमा बनेको हेरोन ड्रोन त्यहाँ सञ्चालनमा ल्याइएको हो । मध्यम उचाइमा उड्ने र लामो समयसम्म उडिरहन सक्ने ड्रोनले विकट पहाडी क्षेत्रमा निगरानी गरिरहेको हो ।  ड्रोनले नियन्त्रण केन्द्रहरूलाई आवश्यक डेटा र तस्वीर पठाएको छ ।  ड्रोन बाहेक भ...

नेपाल–भारत सीमामा अब ड्रोनमार्फत अवैध रक्सी उत्पादन गर्ने स्थल पहिचान गरिने

एजेन्सी। नेपालबाट भारतमा हुने मदिराको तस्करी रोक्न भारतले नेपाल–भारत सीमा वरपरका जंगलमा ड्रोन उडाउने भएको छ। उत्तर प्रदेश प्रहरीले सीमामा ड्रोन उडाउने भारतीय अखबर टाइम्स अफ इण्डियाले जनाएको हो। सीमा क्षेत्रमा रहेको जंगल हुँदै नेपालबाट अवैध तरिकाले मदिरा तस्करी भएको निस्कर्ष निकाल्दै ड्रोन क्यामराको सहायताले अवैध रुपमा मदिरा उत्पादन गर्ने स्थल र बेच्ने ठाउँहरुसमेत पहिचान गरिने जनाइएको छ।

इजरायलबाट भाडामा ड्रोन ल्याएर चीनको सीमामा पठाउँदैछ भारत

भारतले इजरायलसँग यो वर्षको सुरूमै ड्रोन भाडामा लिनेबारे सम्झौता गरेको थियो। सम्झौताअनुसार दुइटा ड्रोन केही दिनमै र बाँकी दुइटा केही समयपछि भारत आइपुग्नेछन्।

भारतले संक्रमितकहाँ कोरोना भ्याक्सिन पुर्याउन ड्रोन प्रयोग गर्ने

ग्रामिण भेगमा बसोबास गरिरहेका कोरोना संक्रमितकहाँ भ्याक्सिन पुर्‍याउन भारत सरकारले ड्रोन उपयोग गर्न मञ्जुरी दिएको छ।त्यहाँको नागरिक उड्ययन मन्त्रालय र महानिर्देशनालयले पहिलो चरणमा तेलंगना सरकारलाई संक्रमितकहाँ भ्याक्सिन पुर्‍याउन ड्रोन प्रयोग गर्न स्वीकृति दिएको हो।यही महिनाको अन्त्यतिरसम्म यो कामको परीक्षण गरिने तेलंगनाका सरकारी अधिकारीहरूले जानकारी दिएका छन्। यसअघि इन्डियन काउन्सिल अफ मेडिकल रिसर्च (आइसीएमआर) ले कोभिड भ्याक्सिन पुर्‍याउन ड्रोन उपयोग गर्न शोध अनुमति दिएको थियो।