कर्णालीको राजधानी वीरेन्द्रनगर नगरपालिकाकाे मेयर र उपमेयर दुवैमा एमाले विजयी

सुर्खेत– कर्णाली प्रदेशको राजधानी विरेन्द्रनगर नगरपालिकामा नेकपा एमाले विजयी भएको छ । सत्ता गठबन्धनलाई पराजित गर्दै नगरप्रमुखमा मोहनमाया ढकाल र उपप्रमुखमा नीलकण्ठ खनाल निर्वाचित भएका छन् । एमालेको प्रभावक्षेत्र रहेको विरेन्द्रनगरमाअघिल्लोपटक मेयरमा नेपाली कांग्रेस जित्दा उपमेयर ढकालले जितेकी थिइन् । यसपटक एमालेले उनैलाई म...

सम्बन्धित सामग्री

बुढीगंगाको मेयर–उपमेयरमा एमाले विजयी

काठमाडौं । बाजुराको बुढीगंगा नगरपालिका मेयर–उपमेयर दुवै पदमा नेकपा एमालेका उम्मेदवार विजयी भएका छन् । भर्खरै सम्पन्न मतगणनाअनुसार १० वटा वडामध्ये ७ वडाध्यक्षसहित एमालेका उम्मेदवार विजयी भएका हुन् ।

रुपन्देहीको देवदह नगरपालिका मेयर/उपमेयर दुवैमा एमाले विजयी

रुपन्देही – रुपन्देहीको देवदह नगरपालिकाको मेयर र उपमेयर दुवै पद नेकपा एमालेले जितेको छ । मेयर पदमा ध्रुव खरेल र उपमेयरमा विद्यालक्ष्मी गुरुङ निर्वाचित हुनु भएको हो । मेयरमा निर्वाचित खरेलले नेपाली कांग्रेसका हिरा खत्रीलाई १ हजार ६२० मत अन्तरले पराजित गर्नु भएको हो । खरेलले १२ हजार ९४३ मत पाउँदा खत्रीले ११ हजार ३ सय २३ मत पाउनु भयो । खत्री २०७४ सालको निर्वाचनमा एमालेका टिकाराम चापागाईंलाई पराजित गरी नगर प्रमुख निर्वाचित हुनु भएको थियो । उपमेयरमा विद्यालक्ष्मी गुरुङ १३ हजार ७८४ मत ल्याएर विजयी हुनुभयाे ...

अछामको मंगलसेन नगरपालिकामा एमाले विजयी

अछामको सदरमुकाम मंगलसेन नगरपालिका नेकपा एमाले विजयी मेयर र उपमेयर दुवै पदमा विजयी भएको छ। मेयर पदमा एमालेका पदमबहादुर बोहरा ४६९१ मत र उपमेयर पदमा सरिता उपाध्याय ४९११ मत ल्याएर विजयी भएका हुन्। प्रतिद्वन्दी कांग्रेस-माओवादी गठबन्धनका कांग्रेसका उम्मेदवार चन्द्रप्रसाद ढुंगानाले ४५५३ मत पाए भने माओवादीका उम्मेदवार रोहिना भाट (भण्डारी) ले ३०७६ मत पाएका छन्।