मोबाइल बैंकिङ प्रयोगकर्ता एक करोड ४१ लाख नाघे

काठमाडौं, असोज ५ । नगदरहित (क्यासलेस) कारोबारको उपयुक्त माध्यम मानिएको मोवाइल बैंकिङको व्यापक रूपमा विस्तार भएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको विभिन्न प्रतिवेदनहरूले पछिल्लो समय मोबाइल बैंकिङको प्रयोगकर्ता उच्च मात्रामा बढेको देखिएको हो । राष्ट्र बैंकका अनुसार गत आर्थिक वर्षको अन्त्यसम्म नेपालमा मोबाइल बैंकिङ प्रयोगकर्ताको संख्या १ करोड ४१ लाख ९४ हजार ८३९ […]

सम्बन्धित सामग्री

कोर बैंकिङ प्रणालीको जोखिम न्यूनीकरणमा उदासीनता

कोर बैंकिङ प्रणालीको अर्थ बैंकिङ क्षेत्र डिजिटाइजेशन हुनु हो र सबै कारोबार प्रविधिमार्फत हुनु हो । कोर बैंकिङ सबै बैंक तथा वित्तीय संस्थामा कम्प्युटर प्रणालीका रूपमा विकास त भएको छ तर अझैं पनि कतिपय कारोबार म्यानुअल रूपमा नै गर्ने गरिन्छ । विदेशको दाँजोमा डिजिटाइजेशनको क्षेत्रमा नेपाल अझैं पछाडि छ । कोर बैंकिङ प्रणालीको दायरा फराकिलो भएसँगै यसको जोखिम न्यूनीकरणमा भने उदासीनता देखिन्छ ।  अनलाइनको माध्यमबाट अत्याधुनिक प्रविधिमा आधारित प्रणालीको प्रयोगद्वारा बैंकिङ कारोबार गर्न कम्प्युटराइज्ड प्रणालीलाई नै कोर बैंकिङ प्रणाली भन्ने गरिन्छ । यसमा बैंकिङ कारोबारको अभिलेख दीर्घकालसम्म राख्न सकिन्छ । कुनै पनि बैंकको केन्द्रीय कार्यालयमा एक सेन्ट्रल सर्भरको व्यवस्था गरिएको हुन्छ र यसमा सबै शाखा प्रशाखाहरूलाई लिंक गरिएको हुन्छ । यो वेबबेसमा आधारित हुने हुँदा बैंकिङ अभिलेख इन्टरनेटको माध्यमबाट जुनसुकै शाखाबाट सजिलै हेर्न र कारोबार गर्न सकिन्छ ।  नेपालमा विसं २०५८ बाट वित्तीय क्षेत्र सुधार कार्यक्रम शुरू भएसँगै कोर बैंकिङ प्रणालीले प्रश्रय पाएको हो । विशेष गरी सरकारी स्वामित्वमा रहेका दुई ठुला राष्ट्रिय वाणिज्य बैंक र नेपाल बैंकमा यसले सकारात्मक प्रभाव पारेको थियो । कोर बैंकिङ प्रणालीको क्षेत्रमा बैंकिङ क्षेत्रले फड्को मारेको छ तापनि कम्प्युटरको प्रोसेसिङ प्रणाली र नयाँ बैंकिङ प्रविधिको प्रयोगमा देखिएको अज्ञानताका कारण जोखिम बढिरहेको छ । यान्त्रीकरण भइसकेपश्चात् त्यसको कमजोर क्षमता, मर्मतसम्भारमा कमी, सम्बद्ध कर्मचारीलाई उचित तालीमको अभाव आदिले यसको सही सञ्चालनमा कमजोरी देखिन्छ । सम्भावित जोखिमहरूलाई पहिचान गरी त्यसको न्यूनीकरण गर्ने उपायहरू अवलम्बन गर्ने कार्यमा बैंकिङ क्षेत्रमा उदासीनता देखिन्छ ।  देशमा कोरोना संकटले धेरै समय बन्दाबन्दी हुँदा बैंक तथा वित्तीय संस्थाहरूले विद्युतीय माध्यमलाई बढावा दिए र यो सफल पनि भयो । धेरै मानिसले प्रयोग गरेको हुँदा यसको महत्व झन् बढ्यो । यसको प्रयोग बढेसँगै साइबर आक्रमण र ≈याकिङबाट बच्न उल्लेखनीय रूपमा मापदण्डअनुरूपको सुरक्षा प्रबन्ध गरिएको पाइएन । बैंकिङ उपकरण सञ्चालन गर्ने, मोबाइल बैंकिङ कारोबार गर्न जान्ने अर्थात् बैंकिङ प्रविधिको ज्ञान भएको ग्राहक संख्या करीब २० प्रतिशतको हाराहारीमा देखिन्छ । अधिकांश ग्राहक बैंकमा नै उपस्थित भई नगद जम्मा गर्ने र चेकद्वारा भुक्तानी लिने हुँदा बैंकिङ क्षेत्रमा अझैं ग्राहकको भौतिक उपस्थिति बढी देखिन्छ । यसलाई कम गर्न बैंकिङ प्रविधि प्रयोगका बारेमा जनसाधारणलाई वित्तीय रूपमा साक्षर तुल्याउन ढिला भइसकेको छ । यो जति ढिला हुन्छ उति हामी कोर बैंकिङको प्रणालीको उपयोगमा पछि पर्दै जान्छौं । तसर्थ बैंक तथा वित्तीय संस्थाले सर्वसाधारणलाई बैंकिङ प्रविधिको प्रयोग बारेमा वित्तीय साक्षरता दिनु आवश्यक छ । कार्यालयमा जडित कम्प्युटरलगायत प्रविधिको नियमित मर्मतसम्भार, यससम्बन्धी विषयमा कर्मचारी तालीमको साथै कोर बैंकिङ प्रणालीलाई बलियो र भरपर्दो बनाउन पर्याप्त बजेट दिनुपर्छ र निरन्तर अनुगमन गरिनुपर्छ ।  कोर बैंकिङ प्रणालीले बैंकिङ क्षेत्रमा सुशासन बढाउनेछ । ई–कर्मस, मोबाइल बैंकिङ, एसएमएस बैंकिङ, प्रतीतपत्र तथा बैंक ग्यारेन्टीजस्ता कार्यमा सहजता ल्याउँछ । ग्राहक सेवासमेत छिटोछरितो हुने, पेपरलेस काम हुने, कार्य बोझलाई घटाउने र ग्राहक संख्या बढाउने समेत कार्य यसले गर्छ । त्यस्तै बैंकको कार्यदक्षताको अभिवृद्धि, ग्राहक सेवामा सुधार, अत्याधुनिक भुक्तानी प्रणाली, तथ्यांकको सुरक्षित भण्डारण, आन्तरिक नियन्त्रण र निरीक्षणमा सहजता, केन्द्रीय बैंक तथा सरकारको नीति निर्माणमा सहयोग, सञ्चालन लागतमा कटौैती, दैनिक बैंकिङ कारोबारमा सहजता जस्ता महत्वका कारण कोर बैंकिङ प्रणाली निकै उपयोगी छ ।  यसका चुनौतीहरूमा तथ्यांक सुरक्षाको समस्या, खर्च बढी लाग्ने, दक्ष कर्मचारीको अभाव, नेपालमा सुस्त इन्टरनेट र बेलाबेलामा कनेक्शन आइरहने समस्या, त्यसले दैनिक कारोबारमा आउने समस्या आदि रहेका छन् । साइबर आक्रमणको बढ्दो जोखिम, सिस्टम अडिटको समस्या, फ्रड र फेक कारोबारको समस्या, वित्तीय साक्षरता अर्थात् ग्राहकमा प्राविधिक ज्ञानको अभाव पनि चुनौती हुन् ।   नेपालमा कोर बैंकिङ प्रणालीअन्तर्गत २०७९ को असार मसान्तसम्म विद्युतीय भुक्तानी प्रणालीका साधनहरू प्रयोगकर्ता एटीएम संख्या ४ हजार ६०२, मोबाइल बैंकिङ ग्राहक १ करोड ८३ लाख ७ हजार २५५, इन्टरनेट ग्राहक १ करोड ६८ लाख ४३ हजार १०० देखिन्छ । २०७९ चैतमसान्तसम्म नेपालभर क, ख, ग, घ र पूर्वाधार विकास बैंकसमेत गरी ११९ बैंक तथा वित्तीय संस्था र तिनका ११ हजार ६४३ शाखा कार्यालय छन् । सबै कोर बैंकिङ प्रणालीमा आबद्ध भए पनि अधिकांशमा ४० प्रतिशत कारोबार कागजी रूपमा गरिएको देखिन्छ । बैंक तथा वित्तीय संस्थाका कतिपय कार्यालयमा अझैं पनि कागजपत्रको चाङलाई कम्प्युटराइज्ड गरी व्यवस्थित गर्न सकिएको छैन ।  नेपालको बैंकिङ क्षेत्रले कोर बैंकिङ प्रणालीको थप विकास र यस क्षेत्रको सेवालाई थप गुणस्तरीय र भरपर्दो बनाउन एकातर्फ प्रविधिमैत्री कानून पर्याप्त देखिँदैन भने अर्कोतर्फ बैंक तथा वित्तीय संस्थाले प्रविधिमा ठूलो लगानी गर्न नसकेको अवस्था छ । साथै पर्याप्त जनचेतना र साक्षरता समेत नभएको हुँदा कोर बैंकिङ प्रणालीलाई अन्तरराष्ट्रिय स्तरमा विकास गर्न र भविष्यमा नेपाललाई पनि पेपरलेस बनाउन सम्बद्ध निकायले बेलैमा कार्ययोजना बनाई कार्यान्वयन गर्न सक्नुपर्छ । यसरी डिजिटाइजेशनको माध्यमबाट अर्थतन्त्रलाई थप गतिशील बनाउन सकिन्छ ।  लेखक दिवाकर वशिष्ठ बैंक तथा वित्तीय संस्थाका विज्ञ हुन् ।

देखापढी विजिनेश न्यूज

काठमाडौं। एक महिनामा तीन लाख बढी मोबाइल बैंकिङ प्रयोगकर्ता थपिएका छन्। काठमाडौं महानगरले दुई महिनामा ९५ करोड राजस्व उठायो।दुई दिनमा १५ हजारले अग्रिम बसको टिकट काटेका छन्। एकवर्षमा ३० करोडको खानेपानी विदेश निर्यात भएको छ।हिमालयन बैंकको न्युरोड शाखामा क्यास डिपोजिट मेसिन सञ्चालनमा ल्याइएको छ। प्राइम लाइफ इन्स्योरेन्सले बोनस दर बढायो। टिभिएसको नयाँ स्कूटर एनटर्क १२५ रेस ‘एक्सपी’ नेपाल भित्र्याइयो।

नेपालमा मोबाइल बैंकिङ प्रयोगकर्ता एक करोड नाघे , एटीएम प्रयोगकर्ता कति ?

नेपाल राष्ट्र बैंकले सोमबार सार्वजनिक गरेको रिपोर्टअनुसार ३१ वैशाखसम्म मोबाइल बैंकिङ सेवाको प्रयोगकर्ताहरूको संख्या एक करोड ७६ लाख ७६ हजार २५९ पुगेको हो ।

नेपालमा मोबाइल बैंकिङ प्रयोगकर्ता एक करोड ७६ लाखभन्दा बढी

काठमाडौँ – चालू आर्थिक वर्षको वैशाख मसान्तसम्म मोबाइल बैंकिङ प्रयोगकर्ताहरूको संख्या एक करोड ७६ नाघेको छ। नेपाल राष्ट्र बैंकले सोमबार सार्वजनिक गरेको रिपोर्टअनुसार ३१ वैशाखसम्म मोबाइल बैंकिङ सेवाको प्रयोगकर्ताहरूको संख्या एक करोड ७६ लाख ७६ हजार २५९ पुगेको हो। जुन अघिल्लो वर्षको सोही अवधिको भन्दा १।६६ प्रतिशतले बढी हो। अघिल्लो वर्ष २०७८ वैशाख मसान्तसम्म कुल […]

मोबाइल बैंकिङ प्रयोगकर्ता १ करोड ७६ लाख नाघे

चालु आर्थिक वर्षको वैशाख मसान्तसम्म मोबाइल बैंकिङ प्रयोगकर्ताहरूको संख्या १ करोड ७६ नाघेको छ । नेपाल राष्ट्र बैंकले सोमबार सार्वजनिक गरेको रिपोर्ट अनुसार बैशाख ३१ गतेसम्म यस्तो मोबाइल बैंकिङ सेवाको प्रयोगकर्ताहरूको संख्या १ करोड ७६ लाख ७६ हजार २५९ पुगेको हो । जुन अघिल्लो वर्षको सोही अवधिको भन्दा १.६६ प्रतिशतले बढी हो । अघिल्लो वर्ष २०७८ बैशाख मसान्तसम्म कुल मोबाइल बैंकिङ सेवा प्रयोगकर्ताहरूको संख्या १ करोड ७३ लाख ८२ हजार ४४८ रहेको थियो । यसै आर्थिक वर्षको बैशाख मसान्तसम्म मोबाइल बैंकिङ

नेपालमा १ करोड ६५ लाख पुगे मोबाइल बैंकिङ प्रयोगकर्ता

काठमाडौं । नेपालमा मोबाइल बैंकिङ लिनेको संख्या करिब एक करोड ६५ लाख पुगेको छ । नेपाल राष्ट्र बैंकका अनुसार माघसम्म एक करोड ६४ लाख ७६ हजार ७ सय जनाले मोबाइल बैंकिङ लिएका छन् । एकै व्यक्तिका नाममा धेरैवटा बैंक अकाउन्ट हुन सक्ने भएकाले धेरै देखिएको हो । राष्ट्र बैंकका अनुसार वाणिज्य बैंकमा एक करोड ४५ […]

नेपालमा कतिले प्रयोग गर्छन् मोबाइल बैंकिङ ?

नेपालमा १ करोड ५९ लाख ४१ हजार ५३५ मोबाइल बैंकिङ प्रयोगकर्ता रहेका छन् । नेपाल राष्ट्र बैंकले जारी गरेको तथ्यांक अनुसार यही मंसिरसम्म १ करोड ५९ लाख ४१ हजार ५३५ मोबाइल बैंकिङ प्रयोगकर्ता रहेका छन् ।  गत कात्तिकसम्म मोबाइल बैंकिङ प्रयोगकर्ता १ करोड ५४ लाख ३० हजार ३७९ रहेका थिए । कात्तिकको तुलनामा मंसिरमा ५ लाखले मोबाइल बैंकिङ प्रयोगकर्ता बढेका छन् ।  पछिल्लो समय डिजिटल...

मोबाइल बैंकिङ प्रयोगकर्ता एकै महिनामा पाँच लाखले बढे

डिजिटल बैंकिङ सेवामा मोबाइल बैंकिङ प्रयोगकर्ताहरूको सङ्ख्या एकै महिनामा पाँच लाख माथिले बढेको छ । नेपाल राष्ट्र बैंकका अनुसार गत कात्तिक महिनाको तुलनामा मङ्सिर मसान्तसम्ममा मोबाइल बैंकिङ सेवा लिने ग्राहकहरूको सङ्ख्या पाँच लाख ११ हजार १५६ ले बढेर एक करोड ५९ लाख ४१ हजार ५३५ पुगेको हो । गत कात्तिक मसान्तसम्म यस्तो मोबाइल बैंकिङ सेवा लिने ग्राहकहरूको सङ्ख्या एक करोड ५४ लाख ३० हजार ३७९ रहेको थियो । यस्तै, समीक्षा अवधिमा इन्टरनेट बैंकिङ सेवा लिने सेवाग्राहीहरूको सङ्ख्यामा समेत उल्लेखनीय वृद्

मोबाइल बैंकिङ प्रयोगकर्ता डेढ करोड बढी

राष्ट्र बैंकका अनुसार यतिखेर वाणिज्य र विकास बैंक तथा लघुवित्तमा खाता खोल्नेको संख्या तीन करोड ९४ लाख १३ हजार पाँच सय हाराहारी छन्। यी ग्राहकमध्ये एक करोड ५१ लाख ५३ हजार चार सयले मोबाइल बैंकिङ सेवा लिएकाले यो कुल खातासँग तुलना गर्दा ३८.४४ प्रतिशत हो।...