राष्ट्रिय सभा बैठक बस्दै, प्रधानमन्त्री देउवाले शपथ सम्बन्धी विधेयक प्रस्तुत गर्ने

राष्ट्रिय सभाको बैठक आज बस्दै छ । बैठक बिहान ११ बजेका लागि बोलाइएको छ । बैठक संघीय संसद भवन नयाँ बानेश्वरमा बस्नेछ । आजको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले विधायन व्यवस्थापन समितिको प्रतिवेदन सहितको शपथ सम्बन्धी विधेयक, २०७८ छलफलका लागि प्रस्तुत गर्ने कार्यसूची रहेको छ । त्यसैगरी भौतिक पूर्वाधारमन्त्री मोहमद इश्तियाक राईले नेपाल इन्जिनियरिङ परिषद (पहिलो संशोधन) विधेयक, २०७६ माथि प्रतिनिधि सभाबाट भएको संशोधन र महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्री  उमा रेग्मीले जेष्ठ नागरिक