एमबीबीएस र बीएस्सी नर्सिङ लगायतको एकीकृत प्रवेश परीक्षाको नतिजा सार्वजनिक

चिकित्सा शिक्षा आयोगले चिकित्सा शिक्षा स्नातक तहको एकीकृत प्रवेश परीक्षाको नतिजा सार्वजनिक गरेको छ । आयोगले चैत्र १८ गते सञ्चालन गरेको स्नातक तह अन्तर्गतको एमबीबीएस, बिडिएस, बीएस्सी नर्सिङ, बिएएसएलपी, बीफर टेक्नोलोजीको नतिजा सार्वजनिक गरिएको हो । आयोगले यसपटक पर्सेन्टाइल पद्धतिमा एकीकृत प्रवेश परीक्षाको नतिजा सार्वजनिक गरेको हो । आयोगले १८, २० र २१ गते परीक्षा लिएको थियो । परीक्षामा ३४ हजारभन्दा बढी विद्यार्थी सहभागी भएका थिए ।