३ महिनामा डेढ करोड रुपैयाँको क्रिप्टोकरेन्सी कारोबार, एक पक्राउ

१८ माघ, काठमाडौं । नेपालमा प्रतिबन्धित डिजिटल मुद्रा क्रिप्टोकरेन्सीको कारोबारमा संलग्न भएको अभियोगमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा भक्तपुरको दुवाकोट–२ का ३० वर्षीय रवीन्द्र अधिकारी छन् । महानगरीय प्रहरी कार्यालय, रानीपोखरीका प्रमुख हरिबहादुर पालका अनुसार विशेष सूचनाको आधारमा न्युरोडस्थित गुच्चा टोलबाट उनलाई फेला पारी अनुसन्धान गर्दा क्रिप्टोकरेन्सीको कारोबार गर्ने गरेको तथ्य फेला […]