धमाधम स्पष्टिकरण खाँदै उम्मेदवारहरु

मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि निर्वाचन आयोगले कायम गरेको आचारसंहिता उल्लंघन गरेको विषयमा उम्मेदवारहरुसंग स्पष्टिकरण लिने क्रम बढ्न थालेको छ । यसै क्रममा निर्वाचन आयोगले प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनका लागि जारी आचारसंहिताको उल्लङ्घन हुने गरी प्रचारप्रसार गरेको विषयमा प्रतिनिधिसभा सदस्यका भक्तपुर क्षेत्र नं २ का उम्मेदवार दुर्लभ थापालाई स्पष्टीकरण सोधेको …