नेता-गीतकार मणि थापा भन्छन्- जनवादी कलाकार अहिले मजदुरी बाध्य छन्

अरूण तरेर नाना, तमोर तरेर आयौँ हामी वीरताको गाथा कोरेर यो गीत वि. सं. २०६२ माघ १४ गते संखुवासभाको ताम्खु भन्ने ठाउँको एक झुपडीमा लेखिएको हो। त्यसबेला उनी तत्कालीन माओवादीले चलाएको सशस्त्र जनयुद्धमा सातौँ ब्रिगेड कमिसार थिए। माओवादीले त्यसबेला भोजपुर सदरमुकाममा अाक्रमण गर्न निर्देशन दिएको थियो। त्यस...