युक्रेनको जापोरिजा परमाणु ऊर्जा केन्द्रमा थप बम आक्रमण

युक्रेनको जापोरिजा परमाणु ऊर्जा केन्द्रमा थप बम आक्रमण भइरहेपछि संयुक्त राष्ट्र सङ्घले आणविक भट्टी वरपर सैन्य गतिविधि बन्द गर्न आह्वान गरेको छ । राष्ट्र सङ्घका महासचिव एन्टोनियो गुटरेसले जापोरिजा वा अरू कुनै पनि आणविक भट्टीमा आक्रमण हुँदा भयावहस्थिति उत्पन्न हुने भन्दै तत्काल सैन्य गतिविधि अन्त्य गर्न आह्वान गर्नुभएको हो । राष्ट्र सङ्घीय सुरक्षा परिषद्को बैठकमा यही विषयमा छलफल समेत भइरहेको बीबीसीले जनाएको छ । राष्ट्र सङ्घको परमाणु निगरानी निकायका प्रमुख राफाएल ग्रोसीले संवेदनशील घडी आएको बताउनु भएको छ । यो आणविक भट्टीमा कम्...