सामूहिक हत्या : मानसिक तनाव मुख्य कारण

कुनै सामान्य व्यक्तिले आफन्त नातेदार तथा परिचितहरूको सामूहिक रूपमा हत्या गर्नुका पछाडि मानसिक असन्तुलन (डिप्रेसन) मुख्य कारण देखिएको छ । सात प्रदेशमा भएका २५ वटा सामूहिक हत्या घटनामा संलग्न अधिकांश अभियुक्तमा डिप्रेसनको समस्या मुख्य कारण देखिएको नेपाल प्रहरीले जनाएको हो । नेपालमा एक व्यक्तिबाट छ जनासम्मको हत्या भएको छ । नेपाल प्रहरीका अनुसार आर्थिक वर्ष २०७५/०७६ देखि २०७८/०७९ सम्म करिब चार वर्षको अवधिमा सामूहिक हत्याका २५ वटा घटना दर्ता भएका छन् । ती घटनामा ११ बालक, पाँच बालिका, २५ महिला र २७ पुरुष गरी ६८ जनाले ज्या...